― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsभेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा – KhabarHost

भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा – KhabarHost



१९ पुस, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल र खनिजमाथि कब्जा जमाउने प्रयास स्वरूप आक्रमण गरेको बताएका छन् ।

बीबीसीका अनुसार जारी बयानमा राजधानी काराकासमा गरिएको आक्रमणको उद्देश्य ‘भेनेजुएलाको रणनीतिक संसाधनहरू विशेष गरी तेल र खनिजमा कब्जा गर्ने’ र ‘देशको राजनीतिक स्वतन्त्रता जबरदस्ती हनन’ हो ।

भेनेजुएलाका राष्ट्रपति मादुरो पूरै देशमा बाह्य उथल–पुथलको स्थिति घोषित गर्ने आदेशमा हस्ताक्षर गरेर लागू गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।

उनले सबै राष्ट्रिय सुरक्षा योजना (नेशनल डिफेन्स प्लान्स)लाई उचित समय र उपयुक्त परिस्थितिमा लागू गर्न पनि निर्देशन दिएका छन् ।





Read More