― Advertisement ―

अमेजनको गुगल पिक्सेल बिक्रीले मूल्यमा एप्पल र सामसुङलाई उल्लेखनीय रूपमा कम गर्छ – अब किन्नको लागि समय हो

Amazon पक्कै पनि Google ले यो हप्ता पिक्सेल फोनको मूल्यमा कटौती गरेको छ, तर पुन: होस्ट गरिएको सूची हो। सामान्य छुट भन्दा माथि। वास्तवमा,...
HomeLatest newsसरकार र निकोलस भुसालबीच ६ बुँदै सम्झौता, तोडे अनसन – KhabarHost

सरकार र निकोलस भुसालबीच ६ बुँदै सम्झौता, तोडे अनसन – KhabarHost



१८ पुस, काठमाडौं । अनसनरत डा. निकोलश भुसाल र हरिश विष्टसँग सरकारले सम्झौता गरेको छ । ११ औँ दिनदेखि अनसनमा रहेका भुसालसँग शुक्रबार ६ बुँदै सम्झौता भएको हो ।

सम्झौतासँगै भुसालले अनसन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन् ।

सहमतिपत्रमा भुसाल पक्षबाट उनी स्वयं र विष्टको हस्ताक्षर छ भने सरकारको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालको हस्ताक्षर छ ।

जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग भुसाल अनसनमा बसेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More