― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsराष्ट्रिय सभा चुनावमा सम्भावित पाँच समीकरण, को–को मिल्दा कस्तो आउला नतिजा ?

राष्ट्रिय सभा चुनावमा सम्भावित पाँच समीकरण, को–को मिल्दा कस्तो आउला नतिजा ?



१७ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा समीकरण गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच दुईपक्षीय र बहुपक्षीय छलफल चलिरहेको छ ।

आगामी ११ माघमा हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको समय छ । त्यस अगाडि नै समीकरणको टुंगो लगाउने गरी सबै पक्षसँग संवाद भइरहेको नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक गोपाल भट्टराई बताएका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘एउटै पार्टीले कतै एक्लै चुनाव जित्दैन । मिलेर लड्ने विषयमा छलफल भएको छ तर, टुंगो लागेको छैन । सायद मनोनयनको अघिल्लो दिनसम्म पार लाग्ला ।’

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता रहन्छन् ।

यी मतदाताहरूले राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि माघ ११ गते मतदान गर्नेछन् । मनोनित सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ ।

बाँकी १८ पदका लागि चुनाव हुनेछ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

नेताहरूका अनुसार राष्ट्रिय सभा निर्वाचनमा पाँच वटा अवस्थाको परिकल्पना गरेर छलफल चलिरहेको छ ।

पहिलो : एक्लाएक्लैमा कांग्रेस अगाडि

यदि दलहरूबीच एक्लाएक्लै चुनावी प्रतिस्पर्धा हुने हो भने कोशी प्रदेशमा एमाले बलियो छ । बाँकी सबै प्रदेशको मतभारमा कांग्रेस अगाडि छ ।

एक्लाएक्लै प्रतिस्प्रर्धा हुने हो भने कोशी प्रदेशमा एमालेले एकल रूपमा जित निकाल्न सक्नेछ ।

यो प्रदेशमा एमालेको ४२१० मतभार छ । दोस्रोमा रहेको कांग्रेसको ३७२२ मतभार छ । नेकपाको १६२३ मतभार छ । यो प्रदेशबाट ३ सिटका लागि निर्वाचन हुँदै गरेकाले यदि एक्लाएक्लै प्रतिस्पर्धा भयो भने यो प्रदेशबाट एमालेका लागि सुखद परिणाम आउन सक्छ ।

मधेश प्रदेशमा कांग्रेस ३१०४ मतभारसहित अगाडि छ । दोस्रोमा एमालेको २४०८ मतभार छ । तेस्रोमा रहेको जसपाको मतभार १९२३ छ । चौथोमा नेकपाको १३४६ मतभार छ ।

यदि एक्लाएक्लै प्रतिस्पर्धा भयो भने यो प्रदेशमा पहिलो र दोस्रो दलको मतभार झन्डै ७०० को अन्तर छ । यसकारण कांग्रेसले ४ वटै सिटमा जित निकाल्न सक्नेछ ।

बागमती प्रदेशको मतभारमा पनि कांग्रेस अगाडि छ । यो प्रदेशमा कांग्रेसको मतभार ४०१३, दोस्रोमा रहेको नेकपाको २७३८ र तेस्रोमा रहेको एमालेको मतभार २५७१ छ ।

पहिलो र दोस्रो बीचको मतभार साढे १२ सयले बढी छ । यसकारण यहाँ पनि कांग्रेसले २ सिट जित्न सक्छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि मतभारमा कांग्रेस अगाडि छ । कर्णाली प्रदेशमा भने कांग्रेस र नेकपा नेट टु नेट छ ।

गण्डकी प्रदेशमा कांग्रेसको मतभार २७०४ छ । दोस्रोमा एमालेको २४५८ र तेस्रोमा नेकपाको १०१३ मतभार छ । कुनै दलबीच गठबन्धन नहँुँदा यहाँ पनि कांग्रेसले २ सिट नै जित्न सक्छ ।

लुम्बिनीमा कांग्रेसको ३१७९ मतभार छ । एमालेको २८१०, नेकपाको १३९६ मतभार छ । यदि एक्लाएक्लै प्रतिस्पर्धा भए लुम्बिनी प्रदेशबाट पनि कांग्रेसले ३ सिट थप्न सक्छ ।

कर्णालीमा कांग्रेसको १८६३ मतभार छ । दोस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टीको १८४४ मतभार छ । तेस्रोमा रहेको एमालेको ११९५ मतभार छ ।

एक्लाएक्लै चुनाव लड्ने हो भने यहाँ कांग्रेस र नेकपा नेट टु नेट रहेकाले मत परिणाम यसै भन्न सकिन्न । तथापि, स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही कांग्रेस पृष्ठभूमिका हुन् । उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठेर चुनाव जितेका सांसद् हुन् ।

सुदूरपश्चिममा कांग्रेस बलियो छ । कांग्रेसको २५५८, एमालेको १५३३, नेपाली कम्युनिस्ट पार्टीको १३६५ मतभार छ । यहाँ यी तीन दल एक्लाएक्लै लड्ने हो भने मतपरिणाम कांग्रेसको पक्षमा पुग्छ र यो प्रदेशबाट पनि कांग्रेसले २ सिट थप्नेछ ।

दोस्रो : कांग्रेस–एमाले मिले सोलोडोलो

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेबीच तालमेलको प्रयास छ । तथापि, यो विषयमा दुवै दल भित्र मतभेद देखिएको छ ।

यदि कांग्रेस र एमाले मिले र अन्तर्घात भएन भने यी दुई दलले राष्ट्रिय सभाको १८ सिटमा हुन लागेको निर्वाचनमा सबैतिर जित निकाल्न सक्नेछन् ।

कोशी प्रदेशमा एमालेको ४२१० र कांग्रेसको ३७२२ मतभार जोड्दा ७९२२ हुन्छ । जुन कूल मतभार १०१३५ को दुई तिहाइ बहुमत हो ।

मधेश प्रदेशमा पनि कांग्रेस र एमाले बहुमतमा छन् । यो प्रदेशमा कांग्रेसको ३१०४ र एमालेको २४०८ जोड्दा ५५१२ मतभार हुन्छ । यो जम्मा मतभार १०८३९ को बहुमत हो ।

बागमती प्रदेशमा कांग्रेसको ४०१३ र एमालेको २५७१ मतभार छ । दुवै जोड्दा ६५८४ मतभार पुग्छ । यो बागमती प्रदेशको जम्मा मतभार १०३३५ को बहुमत हो ।

गण्डकी प्रदेशमा कांग्रेसको मतभार २७०४ छ । एमालेको २४५८ छ । दुवै मिल्दा ५१६२ पुग्छ । यो पनि कूल मतभार ६४१० को दुई तिहाइ मत हो ।

लुम्बिनीमा कांग्रेसको ३१७९ र एमालेको २८१० मतभार जोड्दा ५९८९ हुन्छ । यो पनि कूल मतभार ८७५३ को दुई तिहाइ मत हो ।

कर्णालीमा पनि कांग्रेस र एमाले मिल्दा (१८६३ र ११९५ मतभार) ३०५८ मतभार पुग्छ । यहाँ ५१२२ कूल मतभार हो ।

सुदूरपश्चिममा कांग्रेसको २५५८ मतभार छ । यसमा एमाले १५३३ थपिए ४०९१ पुग्छ । यहाँ जम्मा ६१५३ मतभार छ । जसको दुई तिहाइ मतभार कांग्रेस र एमाले मिल्दा पुग्छ ।

तेस्रो : एमाले–नेकपा मिले ३ प्रदेशमा खतरा

कांग्रेस र एमालेबीच समीकरण भएन र एमाले–नेकपा समीकरणमा जुटे भने त्यस्तो गठबन्धनलाई सातमध्ये तीन वटा प्रदेश मधेश, लुम्बिनी र सुदूरपश्चिममा बहुमत जुटाउन साना दलको साथ अनिवार्य हुनेछ ।

कोशी प्रदेशमा एमालेको ४२१० र नेकपाको १६२३ मतभार जोड्दा ५८८३ पुग्छ । यो कूल मतभार १०१३५ को बहुमत हो ।

मधेश प्रदेशमा एमालेको २४०८ मतभार छ । नेकपाको १३४६ मतभार छ । दुवै जोड्दा ३७५४ पुग्छ । यो कूल मतभार १०८३९ को अल्पमत हो । यो गठबन्धन वा अर्को सम्भावित कांग्रेस नेतृत्वको गठबन्धनमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पार्टी जता उभिन्छ उतैतिर जित ढल्किन्छ ।

यो प्रदेशमा जसपा नेपालको मतभार १९२३ छ । यो मत यदि एमाले–नेकपा तालमेलमा मिसिए बल्ल बहुमत (५६७७ मतभार) पुग्छ । अन्यथा, मधेश प्रदेशबाट यो गठबन्धनले ४ सिट गुमाउने छ ।

बागमती प्रदेशमा एमालेभन्दा नेकपा अगाडि छ । नेकपाको मतभार २७३८ र एमालेको मतभार २५७१ छ । दुवै जोड्दा ५३०९ हुन्छ । यो कूल मतभार १०३३५ को बहुमत हो ।

गण्डकी प्रदेशमा एमालेको २४५८ र नेकपाको १०१३ मतभार छ । दुवै मिल्दा ३४७१ हुन्छ जुन कूल मतभार ६४१० को महुमत हो ।

लुम्बिनीमा एमालेको २८१० र नेकपाको १३९६ मतभार छ । दुवै मिल्दा ४२०६ मतभार पुग्छ । यो कूल मतभार ८७५३ को अल्पमत हो । यो प्रदेशमा चुनाव जित्न एमाले र नेकपाले साना दलको विश्वास लिनुपर्छ । यो प्रदेशमा राप्रपाको २६९, लोसपाको २३५ नाउपाको २१२, जसपाको १६७, जनमतको १५९, राजमोको २१९ र जसपा नेपालको ५३ मतभार छ ।

यदि साना दलको विश्वास जित्न सकेन वा अर्को समीकरणमा साना दल गए यो प्रदेशबाट एमाले–नेकपा समीकरणले ३ सिट गुमाउने छ ।

कर्णालीमा भने एमाले र नेकपा मिल्दा बहुमत पुग्छ । नेकपाको १८४४र एमालेको ११९५ मतभार छ । दुवै मिल्दा ३०३९ मतभार पुग्छ । यो कूल मतभार ५१२२ को बहुमत हो ।

सुदूरपश्चिममा एमालेको १५३३, र नेकपाको १३६५ मतभार छ । यी दुवै दल मिल्दा २८९८ मतभार पुग्छ । यो कूल मतभार ६१५३ को अल्पमत हो । यो प्रदेशमा नाउपाको ५०४, राप्रपाको ५३ र स्वतन्त्रको मतभार ११० छ । यदि नाउपाले साथ दिएन भने एमाले–नेकपा समीकरण बनेको खण्डमा त्यसले यो प्रदेशबाट २ सिट गुमाउने छ ।

अर्थात्, एमाले–नेकपा समीकरण बनेको खण्डमा प्रदेश मधेशमा जसपा नेपाल, लुम्बिनीमा लोसपा, नाउपा सहितका साना दल र सुदूरपश्चिममा नाउपाको साथ अनिवार्य लिनुपर्ने हुन्छ । अन्यथा, यस्तो समीकरणले मधेशमा ४, लुम्बिनीमा ३ र सुदूरपश्चिममा २ सिट गरी ९ सिट गुमाउनेछ ।

चौथो : कांग्रेस–नेकपा समीकरण बने मधेशमा सकस

नेकपाले कांग्रेससँग तालमेलको प्रयास गरेको छ । यदि कांग्रेस एमाले छाडेर नेकपासँग तालमेल गर्न तयार भयो भने मधेश प्रदेश बाहेक अन्यत्र जित निकाल्न सक्नेछ ।

कोशी प्रदेशमा कांग्रेसको ३७२२ र नेकपाको १६२३ मतभार छ । दुवै मिल्दा ५३४५ हुन्छ । यो प्रदेशको कूल मतभार १०१३५ को बहुमत हो ।

मधेश प्रदेशको मतभारमा कांग्रेसको ३१०४ नेकपाको १३४६ मतभार जोड्दा ४४५० पुग्छ । यो कूल मतभार १०८३९ को अल्पमत हो ।

यहाँ पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक हुन्छ । यो प्रदेशमा जसपा नेपालको मतभार १९२३ छ । यो मत यदि कांग्रेस–नेकपा तालमेलमा मिसिए बल्ल बहुमत (६३७३ मतभार) पुग्छ । अन्यथा, मधेश प्रदेशबाट यो गठबन्धनले ४ सिट गुमाउने छ ।

बागमती प्रदेशमा भने कांग्रेस र नेकपा मिले उनीहरूकै पक्षमा परिणाम पुग्न सक्छ । यो प्रदेशमा कांग्रेसको मतभार ४०१३ र नेकपाको मतभार २७३८ छ । दुवै मिल्दा ६७५१ पुग्छ । यो कूल मतभार १०३३५ को दुई तिहाइ बहुमत हो ।

गण्डकी प्रदेशमा कांग्रेसको मतभार २७०४ छ । १०१३ मतभार छ । दुवै मिले ३७१७ पुग्छ । यो कूल मतभार ६४१० को बहुमत हो ।

लुम्बिनीमा कांग्रेसको ३१७९ मतभार छ । नेकपाको १३९६ मतभार छ । दुवैको जोड्दा ४५७५ पुग्छ । यो कूल मतभार ८७५३ को बहुमत हो ।

कर्णालीमा कांग्रेसको १८६३ र नेकपाको १८४४ मतभार जोड्दा ३७०७ पुग्छ । यो कूल मतभार ५१२२ को दुई तिहाइ बहुमत हो ।

सुदूरपश्चिममा पनि कांग्रेस र नेकपा मिले पनि जित निकाल्न सक्ने छन् । कांग्रेसको २५५८ नेकपाको १३६५ मतभार छ । दुवै मिल्दा ३९२३ मतभार पुग्छ । जुन कूल मतभार ६१५३ को स्पष्ट बहुमत हो ।

पाँचौं : तीन दल मिले नो टेन्सन !

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा दलहरूले छलफल गरेको पाचौं अवस्था हो– कांग्रेस, एमाले र नेकपा तीन वटै दलबीच समीकरण गर्ने र १८ सिटमा भागबण्डा गरेर त्यसअनुसार उम्मेदवार उठाउने ।

राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकाय कांग्रेस, एमाले र नेकपा तीन वटै शक्तिका बीचमा चुनावी सहकार्य गर्ने विकल्पमा समेत छलफल चलेको बताउँछन् ।

उनी भन्छन्, ‘ठूला शक्तिहरू मिले भने एउटा म्यासेज पनि जान्छ– कि संविधान बनाउने शक्ति एक ठाउँमा छन् । चुनावी परिणाममा पनि ठूलो तलमाथि हुँदैन, कसैको केही सिट तल माथि हुने न हो । यसमा कांग्रेसले समन्वय र नेतृत्व गर्नसक्छ ।’

यदि नेता कांग्रेस नेता रोकायले भने जस्तै तीन ठूला दल मिल्ने हो भने सातै प्रदेशको मतभार लगभग एकै पक्षमा हुनेछ ।

कोशी प्रदेशमा एमालेको ४२१०, कांग्रेसको ३७२२ र नेकपाको १६२३ मतभार जोड्दा ९५५५ पुग्छ ।

मधेश प्रदेशको मतभारमा कांग्रेस ३१०४, एमाले २४०८ र नेकपा १३४६ मिले जम्मा मतभार ६८५८ पुग्छ । यो दुई तिहाइ मतभार हो ।

बागमती प्रदेशको अवस्था पनि उस्तै हुनेछ । कांग्रेसको ४०१३, नेकपाको २७३८ र एमालेको २५७१ जोड्दा ९३२२ पुग्छ ।

गण्डकी प्रदेशमा कांग्रेसको २७०४, एमालेको २४५८ र नेकपाको १०१३ जोड्दा ६१७५ मतभार पुग्छ ।

लुम्बिनीमा कांग्रेसको ३१७९ मतभार छ । एमालेको २८१०, नेकपाको १३९६ मतभार छ । यदि तीन दल मिलेर चुनाव लडे भने ७३८५ मतभार पुग्छ ।

कर्णालीमा कांग्रेसको १८६३ मतभार छ । नेकपाको १८४४ मतभार छ । एमालेको ११९५ मतभार छ । तीन वटै दल मिल्दा ४९०२ मतभार हुन्छ ।

सुदूरपश्चिममा पनि उस्तै अवस्था छ । कांग्रेसको २५५८, एमालेको १५३३ र नेकपाको १३६५ मतभार जोड्दा ५४५६ पुग्छ ।

अर्थात्, कांग्रेस, एमाले र नेकपा मिले भने सबैतिर उनीहरूले भागबण्डा गरेअनुसार नै मतपरिणाम आउन सक्नेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More