― Advertisement ―

‘हामीले सुन्छौं’: वर्षौंको प्रतिक्रिया पछि, Canva ले अन्ततः अफलाइन मोड ल्याउँछ

Canva O'6 लाई अन गर्नुहोस् heroesसबैका लागि उपलब्ध ग्रिड शैक्षिक स्रोतहरू पनि जान्नुहोस्प्रिन्ट पसल मार्फत सामान डिजाइन गर्नुहोस् र किन्नुहोस् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">A'C कम्पनीले हेडमा लियो।...
HomeLatest newsदुर्गा प्रसाईं – KhabarHost

दुर्गा प्रसाईं – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्।
  • प्रधानमन्त्री सुशीला कार्कीले आइतबारसम्म सम्झौता गर्ने र सोमबार मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयन निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
  • प्रसाईंले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट लखेट्ने र आगामी २१ फागुनको निर्वाचन बिथोल्ने चेतावनी दिएका छन्।

१७ पुस, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताए ।

‘प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘सरकार गम्भीर भएन र आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा उत्रन्छौं ।’

उनले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनी दिए । आगामी २१ फागुनको निर्वाचन बिथोल्नेसमेत उनको भनाइ छ ।

‘हामीले हाम्रा मुद्दामा जनमत संग्रह गरेर लोकतन्त्रको अधिक प्रयोग गरौं भनेका छौं । फेरि विद्रोहमा नजाऔं भनेको छौं । आइतबार सम्झौतामा हस्ताक्षर भएन भने हामी गाउँबाट लघुवित्त, सहकारी, बैंक लखेट्न थाल्छौं,’ प्रसाईंले चेतावनी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More