― Advertisement ―

लोकप्रिय नि: शुल्क VPN, स्ट्रिमिङ एपहरूले ‘सामान्य उपभोक्ता आवाजमा मिसाउन’ अपराधीहरूले प्रयोग गरेको ‘लान्डर गरिएको’ ट्राफिकको साथ व्यापार नेटवर्कहरू बमबारी गर्छन् – यहाँ कसरी...

Infoblox + %D5 NS ग्राहकको Infoblox खोज्नुहोस्। 2026 मा आवासीय-प्रोक्सी डोमेनहरूका प्रश्नहरूआवासीय प्रोक्सीहरूले कानुनी जोखिम वा प्रतिष्ठामा क्षति पुर्‍याउन सक्छ यदि धम्की अभिनेताहरूले उनीहरूलाई...
HomeLatest newsसुदूरपश्चिममा छन् १७ लाख १६ हजार मतदाता – KhabarHost

सुदूरपश्चिममा छन् १७ लाख १६ हजार मतदाता – KhabarHost



१७ पुस, अत्तरिया (कैलाली) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन् ।

विसं २०७९ को निर्वाचनको तुलनामा प्रदेशमा मतदाताको सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

हाल निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावलीमा प्रदेशका नौ वटै जिल्लामा ४२ हजार ३१ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

उनका अनुसार अघिल्लो निर्वाचनमा यस प्रदेशमा १६ लाख ७४ हजार ६२९ मतदाता थिए ।

प्रदेशभरी एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार यस प्रदेशमा प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More