― Advertisement ―

क्वान्टम कम्प्युटरहरू आउँदैछन्, र यो नयाँ उपकरणले भोलिको डिजिटल संसार भित्र लुकेका रहस्यहरू सुरक्षित गर्न चाहन्छ।

Fraundomfurgen targeting introducing the future क्रिप्टोग्राफिक सुरक्षा चुनौतीहरूQ-Dice ले अनियमितताका लागि सफ्टवेयर एल्गोरिदमको सट्टा भ्याकुम उतार चढावहरू प्रयोग गर्दछनयाँ प्रणालीले 4 Gbit/s क्वान्टम-उत्पन्न अनियमित...
HomeLatest newsटी-२० विश्वकपका लागि अस्ट्रेलियाको प्रारम्भिक टोली घोषणा

टी-२० विश्वकपका लागि अस्ट्रेलियाको प्रारम्भिक टोली घोषणा


राष्ट्रिय

समाचार.

  • अस्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय प्रारम्भिक टी–२० विश्वकप टोली घोषणा गरेको छ।
  • टोलीमा म्याथ्यु शर्ट, म्याथ्यु कुहनेमान र जेभियर बार्टलेटले पहिलोपटक विश्वकपमा डेब्यू गर्ने सम्भावना छ।
  • अस्ट्रेलियाले समूह ‘बी’ मा फेब्रुअरी ७ बाट सुरु हुने प्रतियोगितामा आयरल्यान्ड, जिम्बाब्वे, श्रीलंका र ओमानसँग खेल्नेछ।

१७ पुस, काठमाडौं । भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि अस्ट्रेलियाको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ। अस्ट्रेलियाका सेलेक्टरले मिचेल मार्शको कप्तानीमा स्पिन-हेभी १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

२०२१ को च्याम्पियन टोली अस्ट्रेलियाले बायाँहाते पेस बलर छनोट नगर्ने निर्णय गरेको छ। मिचेल स्टार्क टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिइसकेका छन् भने स्पेन्सर जोन्सन चोटका कारण उपलब्ध छैनन्। त्यसैले चयनकर्ताले बेन् ड्वार्शुइसको सट्टा जेभियर बार्टलेटलाई रोजेका छन्।

म्याथ्यु शर्ट, म्याथ्यु कुहनेमान र जेभियर बार्टलेटले पहिलोपटक विश्वकपमा डेब्यू गर्ने सम्भावना छ। यो प्रारम्भिक टोली भएकाले केही खेलाडी चोटग्रस्त भएमा वा फिट हुन नसकेको अवस्थामा विश्वकपभन्दा एक साता अगाडिसम्म परिवर्तन गर्न मिल्नेछ ।

फेब्रुअरी ७ बाट सुरु हुने प्रतियोगितामा अस्ट्रेलिया समूह ‘बी’ मा छ ।

अस्ट्रेलियन टोली : मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कुपर कोनली, प्याट कमिन्स, टिम डेभिड, क्यामरन ग्रीन, नेथन एलिस, जोस हेजलवूड, ट्राभिस हेड, जोस इङ्ग्लिस, म्याथ्यु कुनेमान, ग्लेन म्याक्सवेल, म्याथ्यु शर्ट, मार्कस स्टोइनिस, एडम जाम्पा

अस्ट्रेलियाका खेलहरू :

फेब्रुअरी ११: आयरल्यान्ड विरुद्ध (कोलम्बो)

फेब्रुअरी १३: जिम्बाब्वे विरुद्ध (कोलम्बो)

फेब्रुअरी १६: श्रीलंका विरुद्ध (क्यान्डी)

फेब्रुअरी २०: ओमान विरुद्ध (क्यान्डी)





Read More