― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsरास्वपालाई बधाई दिँदै सुमना श्रेष्ठले भनिन्- नयाँ सम्भावनाहरू फुल्ने वातावरण मिलोस्

रास्वपालाई बधाई दिँदै सुमना श्रेष्ठले भनिन्- नयाँ सम्भावनाहरू फुल्ने वातावरण मिलोस्


फाइल तस्वीर



१६ पुस, काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नयाँ सम्भावनाहरूले फल्ने फुल्ने वातावारण मिलोस् भन्ने शुभकामना दिएकी छिन्  ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो शुभकामना दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘नयाँ रास्वपालाई शुभकामना छ । जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ । बधाई छ ।’

‘म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिएन । रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर हैन । देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक कुनै एजेन्डा छैन मेरो,’ उनले भनेकी छन् ।

राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साइबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकी नरहने उनको भनाइ छ ।

उनले  लेखेकी छन्- ‘नयाँ रास्वपामा नयाँ पुराना साथीहरूले अहिले उठाउनु भएको प्रश्नहरू अहिलेको नेतृत्वले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौँ । सही प्रश्नले मात्र दललाई सही दिशा दिन सक्छ भन्ने ज्ञात रहोस् ।’

आफ्नो राजनीतिक यात्राबारे अनुमानका भरमा समाचार र धारणा नबउनले उनले आग्रह गरेकी छन् ।

उनले भनेकी छन्, ‘म नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीका लागि जनता माझ थिएँ र अनवरत छु । दल, चिह्न, पद, भूमिका सबै अस्थायी हुन् । जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो । म प्रति को चासो र चिन्ताका लागि धन्यवाद ! केही नियोजित गाली बाहेक सबै चासो, चिन्ता र आलोचनामा तपाईंहरूले म प्रति देखाउनु भएको माया भन्ने बुझेकी छु ।’

उनले अगाडि भनेकी छन्, ‘मेरो राजनैतिक भविष्यको चिन्ताको सट्टा देश र तपाईंलाई भरोसा लाग्ने पार्टी भित्रको लोकतान्त्रिक मूल्य मान्यता जोगाउने चिन्ता लिनु होला । त्यो बिना जो जहाँबाट जोडिएर जिते पनि अन्तिममा जनता र देशले हार्ने छ ।’





Read More