― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsमहालक्ष्मी विकास बैंकले परिमार्जित सुनचाँदी धितो कर्जा दिने

महालक्ष्मी विकास बैंकले परिमार्जित सुनचाँदी धितो कर्जा दिने


राष्ट्रिय

समाचार.

  • महालक्ष्मी विकास बैंकले अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा परिमार्जित सुनचाँदी धितो कर्जा सुविधा दिने भएको छ।
  • बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुनचाँदी धितोमा कर्जा उपलब्ध गराउने र अधिकतम कर्जा सीमा ५० लाख तोकेको छ।
  • यो सेवा न्युरोड (काठमाडौं, पोखरा), महाराजगञ्ज, हेटाँडा र भैरहवाका शाखाबाट प्रदान गरिनेछ र निवेदन जुनसुकै शाखाबाट पेस गर्न सकिने छ।

१६ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ ।

नेपाली बजारमा सुन तथा चाँदीप्रति आकर्षण बढेको भन्दै सुनचाँदी गर्जो टार्नेमात्र नभई लगानीका रूपमा पनि प्रयोग गर्न सकिने विकल्प समेत हेरिएको कम्पनीले जनाएको छ ।

सोही अनुसार बैंकले विशेष सुविधा सहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको जानकारी दिएको छ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धता सहित यो सुविधा बैंकले प्रदान गर्ने भएको हो ।

यस अन्तर्गत ग्राहकले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदी धितोमा कर्जा उपभोग गर्न सक्नेछन् । कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्न बैंकले कर्जा प्रदान गर्ने छ । यो योजना अन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख हुनेछ ।

बैंकले आफ्ना ग्राहकलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य अनुरूप हाल यो सेवा न्युरोड (काठमाडौं), न्युरोड (पोखरा), महाराजगञ्ज, हेटांैडा, भैरहवा शाखामार्फत प्रदान गरिने जनाएको छ ।

सुनचाँदी कर्जाको निवेदन भने जुनसुकै शाखा कार्यालय मार्फत पेस गर्न सकिने छ । ग्राहकको वित्तीय व्यवस्थापन थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रित रही विभिन्न अवसर तथा चाडपर्वमा नवीन सेवा उपलब्ध गराँउदै जाने बैंकले जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ नारासहित ३१ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभरि करिब ८ लाखभन्दा बढी ग्राहक छन् ।





Read More