राष्ट्रिय
समाचार.
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका छन्।
- निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ५८ वटा निर्वाचन चिह्नमा बन्दसूची दर्ता भएको छ।
- समानुपातिक प्रणालीअन्तर्गत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूले विभिन्न समुदायका उम्मेदवार समेटेका छन्।
१५ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा बन्दसूची दर्ता भएको हो।
निर्वाचन आयोगले तोकेको कार्यक्रमअनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका थियो। उक्त अवधिमा बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये ५४ दलले आ–आफ्नै निर्वाचन चिह्नमार्फत सहभागिता जनाएका छन् भने १० वटा राजनीतिक दलले ४ वटा एकल चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने गरी बन्दसूची बुझाएका छन्।
नेपालको संविधानको धारा ८४ को उपधारा (९क) अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था छ। त्यस्तै, उपधारा (९ख) अनुसार सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधिसभा सदस्य निर्वाचित गरिने संवैधानिक व्यवस्था रहेको छ।
निर्वाचन आयोगले बन्दसूचीसम्बन्धी प्रक्रिया कानुनअनुसार अगाडि बढाइने जनाएको छ । समानुपातिक प्रणालीअन्तर्गत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले दलहरूले विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवार समेटिएको आयोगद्वारा जारी विज्ञप्तिमा छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

