४ पुस, काठमाडौं । सरकार र जेनजीबीचको सहमति सिंहदरबारभित्रै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोग पनि हुलदंगा गरेका छन् ।
अजय सोडारी लगायतका युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
सरकार र जेनजीबीच २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौताका क्रममा पनि सोडारी लगायतका युवाहरू सम्झौता समारोहमा पुगेका थिए ।
सम्झौता भए लगत्तै उनीहरूले प्रधामन्त्री कार्यालयको हलमा नै सम्झौता च्यातेका थिए । उनीहरू त्यबेला पनि कार्यालय परिसरमै हुलदंगा गरेका थिए ।
उक्त घटनामा उन्मुक्ति पाएका सोडारी लगायतका युवाहरू सोमबार निर्वाचन आयोग पुगेका थिए । दलहरूले समानुपातिक सूची बुझाउने प्रक्रिया चलिरहेका बेला युवाहरूको समूह त्यहाँ कार्यालय भित्रै पुगेको थियो ।
उनीहरूले निर्वाचन धोका हो भन्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पनि नाराबाजी गरेका थिए ।



तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


