― Advertisement ―

जहाँबाट RT कसरी हेर्ने – रूस टुडे लाइभ स्ट्रिम गर्नुहोस्

हालैका वर्षहरूमा, RT (पहिले रूस टुडे) लाई बेलायत, क्यानडा र EU भरी प्रतिबन्धित गरिएको छ, अष्ट्रेलियामा डि-प्लेटफर्म गरिएको छ, र अमेरिकामा भारी प्रतिबन्धहरूको अधीनमा...
HomeLatest newsनेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता – KhabarHost

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच १४ पुसमा कोटेश्वर पेरिसडाडामा १० बुँदे सहमतिसहित एकीकरण भएको छ।
  • एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ र चुनाव चिह्न तारा रहनेछ।
  • सहमति पत्रमा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।

१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ ।

नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा रहनेछ । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एकीकरणपछि दुवै पार्टीका तिनै तहका जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछन् ।





Read More