― Advertisement ―

‘उनीहरूले मसँग भुइँ पछ्याए र उनीहरूले गर्न सक्ने हरेक बालिश खेल ताने’: असन्तुष्ट अनुसन्धानकर्ताले दोस्रो प्रमुख विन्डोज शून्य-दिन जारी गरे – माइक्रोसफ्टको दाबी ‘मेरो...

माईक्रोसफ्ट डिसियरेन्डर नयाँ खोज zero-day dubbed RedSunफ्लाले डिफेन्डरको फाइल पुन: लेख्ने व्यवहारको दुरुपयोग गरेर प्रणालीमा स्थानीय विशेषाधिकार वृद्धिलाई सक्षम बनाउँछBlueHammer रिलिजको दिन पछि आउँछ;...
HomeLatest newsकांग्रेस प्रदेश समितिले ल्याएको समानुपातिकको सूची अनुमोदन

कांग्रेस प्रदेश समितिले ल्याएको समानुपातिकको सूची अनुमोदन


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले सातै प्रदेशबाट आएका समानुपातिक सांसदको उम्मेदवारको सूची केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको छ।
  • उद्धव थापाका अनुसार बैठक दुई घण्टाका लागि स्थगित गरिएको छ र त्यसपछि उम्मेदवारको नाम सार्वजनिक गरिनेछ।
  • फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक सांसदको बन्द सूची बुझाउने आज अन्तिम दिन हो।

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रदेश समितिमार्फत आएका समानुपातिक सांसदको उम्मेदवारको सूचीलाई अनुमोदन गरेको छ ।

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार सातै प्रदेशले आफ्नो भागमा परेका समानुपातिकतर्फका सांसदको उम्मेदवारको सूचीलाई जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।

उक्त नामहरू अनुमोदन भएपछि अहिले २ घण्टाका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

अब दुई घण्टापछि बस्ने बैठकले समानुपातिकतर्फको सांसदका उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने र त्यसपछि मात्रै निर्वाचन आयोग जाने उनको भनाइ छ ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक सांसदको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । थापाले सूची बुझाउनको लागि निर्वाचन आयोगबाट निस्सा लिइसकेको पनि जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More