― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest news०७९ को चुनावपछि मिल्दै आएको रवि-बालेन एजेन्डा – KhabarHost

०७९ को चुनावपछि मिल्दै आएको रवि-बालेन एजेन्डा – KhabarHost



१३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गरेका थिए, ‘नयाँ पुराना सबै नेताहरू चोर हुन् । कसैलाई देशको माया छैन ।’

उनले अर्को एउटा अभद्र टिप्पणी गरेका थिए, ‘…आरएसपी !’

रास्वपालाई तितो टिप्पणी गर्ने बालेन आइतबार बिहान झिसमिसेमै रास्वपामा समाहित भए । रास्वपा सभापति रवि लामिछाने र बालेनले ७ बुँदे सहमतिमा हस्ताक्षर गर्दै एकअर्कामा अंकमाल गरे ।

हिजोको तितो टिप्प्णीलाई एक अर्काले हार्दिकतामा परिणत गरे । सँगै राजनीतिक सहयात्रामा अगाडि बढ्ने अठोट लिए । रवि सभापति, बालेन भावी प्रधानमन्त्री बनेर देश बनाउने संकल्प लिए । यो मिलनलाई रवि–बालेन निकटकाहरूले दुई–दाजुभाइको मिलनको रुपमा अर्थाएका छन् ।

तर रास्वपा सभापति लामिछाने सहमतिलाई देशको आवश्यकता ठान्छन् । ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ,’ सभापति लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गर्दै गरेको तस्वीर साझा गर्दै लेखेका छन् । सोही तस्वीर बालेनले पनि सेयर गरेका छन् ।

रास्वपा र बालेनबीच ११ पुस (शुक्रबार) मा नै सहमति गर्ने तयारी थियो । एउटा खाका पनि बनिसकेको थियो । तर दुई दिन ढिला गरी सहमतिले मूर्तरुप पायो । सहमतिमा ढिला हुनुको कारण उज्यालो नेपाल पार्टीका संरक्षक ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि समेट्न खोजिएकाले हो ।

‘बालेन दाईको जोड कुलमानज्यूलाई पनि सँगै जोडेर लैजाउ भन्ने थियो । तर उहाँ सहमतिमा आउनु भएन,’ बालेन निटक एक नेताले भने ।

कुलमानले सहअस्तित्वको प्रश्न उठाउँदै पार्टीको नाम, चिह्न र पद सबैमा विमति जनाए । शनिबार बिहान र साँझ दुई पटक बालेन र कुलमानबीच वार्ता पनि भयो । पोखरा जाने तयारीमा रहेका कुलमान पनि आफ्नो कार्यक्रम रद्द गरेर वार्तामा होमिए तर सहमति जुट्न सकेन ।

उज्यालो नेपाल पार्टीले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने रास्वपाको प्रस्ताव अस्वीकार गर्‍यो । पार्टीको नाम, चुनाव चिह्न, सभापति, प्रधानमन्त्री सबै रास्वपाबाट हुने भएपछि उज्यालो नेपाल पार्टी एकताबाट ब्याक भयो । र, अन्तत एकता यात्रामा कुलमानको पार्टी हाललाई छुट्यो ।

‘हिजो बिहान र साँझ बालेन दाई र कुलमानज्यूबीच दुई पटक वार्ता भयो तर सहमति हुन सकेन,’ बालेन निकट अर्का एक सदस्यले भने । सहमति नजुटेपछि बालेन र कुलमान बालुवाटारबाट छुटे ।

बालेनलाई रास्वपाका सभापति लामिछानेसहितका नेताहरू कमलपोखरीस्थित असिम शाहको घरमा पर्खिरहेका थिए । बालुवाटारबाट बालेन पनि असिमको घरमा पुगे । र, वार्ता सुरु भयो । र, कुलमान नमिसिए पनि रास्वपामा बालेन मिसिने सहमति जुट्यो ।

वार्तामा सहभागी एक सदस्यका अनुसार, बिहानको ३ बजे खाका तयार भयो । ती सदस्यका अनुसार, रास्वपाबाट शिशिर खनाल, बालेन तर्फबाट भूपदेव शाह र सुदीप ढकाल लगायतका मिलेर खाका बनाए ।

उक्त सहमति पत्रमा रवि–बालेनले बिहानको ४ बजे हस्ताक्षर गरे । हस्ताक्षरको ऐतिहासिक क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम शाह, कुमार बेन, सुदिप ढकाल,  केपी खनाल, भूपदेव साह, कलाकार निश्चल बस्नेत लगायत साक्षी बने ।

तर, यो सहमति जुटाउन साक्षी बसेका सबैको भूमिका उत्तिकै छ । स्मरणहोस् अघिल्लो साता पनि रवि–बालेनको भेटवार्ता असिमकै घरमा भएकको थियो । अन्तत: ऐतिहासिक ७ बुँदे सहमति पनि उनकै घरमा भयो ।

यसरी लामो कसरतपछि रवि–बालेन सहमति भयो । ‘४८ घन्टाको अनवरत खटाई पश्चात अन्तत: बिहानको ४ बजेबाट नेपालमा नयाँ  युवा युगको सुरुवातका निम्ति अब घन्टी बजाउँदै रास्वपाबाट भावी प्रधानमन्त्री बालेन शाह,’ बालेन निकट केपी खनालले लेखेका छन् ।

जेनजी आन्दोलनको एजेन्डा अनुसार नै रवि–बालेनको मिलन भएको निचोड रवि–बालेन दुवै पक्षको छ । र, जेनजी युवाहरूले पनि नयाँ शक्तिहरूलाई मिल्न दबाब दिइरहेका थिए । यतिसम्म कि, ज्वागलमा सहयोगी कुमार बेनको घरमा बालेनले नयाँ पार्टीका नेताहरूसँग वार्ता गरिरहँदा मिल्नका लागि जेनजीका अगुवाहरू ढोकामै धर्ना दिनसमेत पुगेका थिए । यसले पनि मिल्नका लागि रवि र बानेनलाई दबाब सिर्जना गर्‍यो ।

नख्खु कारागारबाट निस्किएलगत्तै लामिछानेले एकताको लागि विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका थिए । सहमतिको प्रस्थान–बिन्दु रवि जेलबाट निस्किएपछि बन्यो ।

‘काठमाडौँका मेयर बालने शाहप्रति युवा र नवयुवाहरूको ठूलो आशा रहेको हामीलाई थाहा नै छ । उहाँको सामाजिक सञ्जालको उपस्थिति र काठमाडौं महानगरमा गर्नुभएको कामले गर्दा हामी जहाँ गए पनि, प्रवासमा पनि ‘तपाईँहरू मिल्नुपर्छ’ भन्ने घचघच्याइँ एकदमै उत्कृष्ट थियो । त्यसैबेला रवि लामिछाने पनि कारागारमा हुनुहुन्थ्यो । अहिले उहाँ बाहिर आउनुभएको छ र यो सबै वातावरण हामीले बनायौं,’ रास्ववाका उपसभापति डा. स्वर्णिम वाग्लेले भने ।

तर अघिल्लो साता भएको रवि–बालेन भेटमा बालेन त्यति सन्तुष्ट थिएनन् । ‘रास्वपाले अलि साइजमा राख्न खोजेको जस्तो देखिएको थियो । जब बालेन दाईले ज्वागलबाट भेटवार्ता तीव्र बनाउनु भयो । त्यसपछि रवि दाई पनि सफ्ट हुनुभयो,’ बालेन निटक एक सदस्यदले भने ।

अघिल्लो चुनावमा कसरी मिलेको थियो ?

रास्वपा र बालेन समूह एजेन्डामा अहिले होइन, गत २०७९ मा भएको स्थानीय तह र प्रतिनिधिसभाको चुनावदेखि नै एकै ठाउँमा थिए । बालेन २०७९ को स्थानीय तह चुनावमा काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भए । बालेनलाई जिताउन खटिएको टिम नै प्रतिनिधिसभाको चुनावमा रास्वपाका उम्मेदवारलाई जिताउन होमिएको थियो । तर, बालेन स्वतन्त्ररुपमा मेयरमा विजयी भएकाले मौन बसे । तर उनको टिम भने लागिपरेको थियो ।

मुद्दा एउटै भएपछि बालेन समूहका केही नेता रास्वपामा प्रवेशसमेत गरेका थिए । त्यो समयमा मुद्दामा एक भएपछि बालेनको टिमका गणेश कार्की लगायतका नेताहरू रास्वपामा आएका थिए । त्यसबेला नै आगामी चुनामा एजेन्डामा एक भएमा रवि–बालेन एकै ठाउँमा हुने दाबी नेताहरूले गरेका थिए । ‘एजेन्डामा सबै सँगै थियौं । गत चुनावमा पनि रास्वपाका उम्मेदवारलाई बालेनको साथ सहयोग नै थियो,’ कार्कीले भने ।

यतिसम्म कि, मेयर बालेन र रास्वपाका सभापति लामिछानेले गत चुनावमा  प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत दिएका थिएनन् । त्यसबेला बालेन स्वतन्त्र उठेर चुनाव जितेकाले पार्टीमा आबद्ध हुन चाहेका थिएनन् । ‘त्यसबेला अर्को चुनावमा मुद्दा मिलेमा बालेन पनि रास्वपामा आउनु हुन्छ भनेकै थिएँ, त्यस्तै भयो,’ कार्कीले भने । नेताहरूका अनुसार रवि–बालेन पहिलेदेखि नै एजेन्डामा एकै ठाउँमा थिए ।

संसदमा रास्वपाका सांसदले महानगरको एजेन्डा उठाएर बालेननलाई साथ दिएको थियो । ‘रास्वपाले महानगरको मुद्दा उठाएर बालेनज्यूलाई सहयोग गरेको हो । त्यसैले अहिले भएको सहमति एकै रातामा पाकेको होइन । पहिलेदेखि नै  मुद्दामा एकै ठाउँमा भएकाले सहमति जुटेको हो,’ कार्कीले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More