― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsसर्वोच्च अदालतमा एकाएक किन गठन भयो १९ सदस्यीय बृहत पूर्ण इजलास ?

सर्वोच्च अदालतमा एकाएक किन गठन भयो १९ सदस्यीय बृहत पूर्ण इजलास ?


राष्ट्रिय

समाचार.

  • सर्वोच्च अदालतले २४ भदौको आगजनीपछि नष्ट भएका कागजातसम्बन्धी मुद्दा सुनुवाइका लागि १९ न्यायाधीश समावेश गरेर बृहत पूर्ण इजलास गठन गरेको छ।
  • सर्वोच्च अदालतले मुद्दाका पक्ष र सरोकारवालालाई जलेका कागजात बुझाउन दुई महिनाको समय दिएको छ र इजलासले निकास दिनेछ भने प्रवक्ता अर्जुन कोइरालाले बताउनुभयो।
  • यसअघि १६ जेठ २०७७ मा पनि कोरोनाकालमा मुद्दा सुनुवाइ सहज बनाउन बृहत पूर्ण इजलास गठन भएको थियो।

१३ काठमाडौं । सर्वोच्च अदालतले आइतबार एकाएक १९ न्यायाधीशहरू सम्मिलित बृहत पूर्ण इजलास गठन गरेर एक प्रतिवेदनमाथिको सुनुवाइ थालेको छ ।

सर्वोच्च अदालतका कर्मचारी बालाजीप्रसाद पाण्डेयलगायतले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न सबै न्यायाधीश समावेश गरेर बृहत पूर्ण इजलास गठन भएको हो ।

२४ भदौको आगजनीपछि सीमितबाहेक सर्वोच्च अदालतका सबैजसो कागजातहरू जलेर नष्ट भएका छन् । त्यसक्रममा सर्वोच्च अदालतले मुद्दाका पक्ष एवं सरोकारवालाहरुलाई सम्बन्धित मुद्दाको कागजात बुझाएर सहयोग गर्न आह्वान गरेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मुद्दाको तारिख लिनेहरूलाई एक महिनाको समय दिइएको तर जलेका कागजात र मिसिल ल्याउन दुई महिनाको अवधि दिइएकाले एकरुपतासहित निकास दिलाउन बृहत पूर्ण इजलास राखिएको बताए ।

‘त्यो काम फूलकोर्टबाट पनि हुन्थ्यो होला । तर हामीसँग कोभिडका बेलामा त्यसैगरी बृहत पूर्ण इजलासबाट निकास निकालेको अनुभव थियो’ प्रवक्ता कोइरालाले अनलाइनखबरसँग भने, ‘त्यही भएर अहिले पनि बृहत पूर्ण इजलासमा तारिख र म्यादसम्बन्धी विषयको प्रतिवेदन पेस भएको हो । अब इजलासले नै आवश्यक निकास दिनेछ ।’

सर्वोच्च अदालतमा यसरी सबै न्यायाधीश सम्मिलित बृहत पूर्ण इजलास गठन भएको यो दोस्रो घटना हो । कोरोनाकालका बेलामा १६ जेठ, २०७७ मा सर्वोच्च अदालतमा त्यसैगरी बृहत पूर्ण इजलास गठन भएको थियो । उक्त इजलासले लकडाउनका कारण अप्ठेरोमा पर्ने मुद्दाहरूको बाधा अड्चन फुकाउँदै सेवाग्राहीहरूले एक महिनाको सुविधा पाउने व्याख्या गरेको थियो ।

जेनजी आन्दोलनको भोलिपल्ट २४ भदौमा अज्ञात समूहले विभिन्न संवैधानिक निकाय र अड्डाहरुमा आगजनी गर्ने क्रममा सर्वोच्च अदालत पनि ध्वस्त भएको थियो ।

केही सीमित फाइलहरु मात्रै सग्लो भएकोमा सर्वोच्च अदालतले कागजान नष्ट भएका मुद्दाका फाइल र अरु प्रमाणहरू संकलन गर्ने तयारी गरिरहेको छ ।

आगजनीले ध्वस्त भएकाले अदालतका सेवाग्राही र मुद्दाका पक्षहरुले तारिख लिने क्रममा सहुलियत पाइरहेका छन् ।

त्यसै सिलसिलामा म्याद र जलेका फाइलको अर्को कपी पेश गर्ने विषयमा अन्यौल देखिएकाले १९ सदस्यिय बृहत पूर्ण इजलास गठन भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।





Read More