― Advertisement ―

इरान-सम्बन्धित ह्याकरहरूले एफबीआई ड्रोन उल्लङ्घन र विश्व कपको खतरा दावी गरे किनभने प्रश्नहरू प्रमाण र निगरानी प्रणालीको वरिपरि घुम्छन्।

इरान-समूहमा ड्रोन-एन्सिलिङ्को पहुँच भएको दाबी डाटाह्याकरहरूले सार्वजनिक चेतावनी जारी गरेपछि विश्व कप सुरक्षा स्पटलाइटमा प्रवेश गर्दछहान्डलाले हालै अमेरिकी संस्थाहरू संलग्न दावीहरूको साथ ध्यान विस्तार...
HomeLatest newsनोटिङहमलाई हराउँदै सिटी प्रिमियर लिगको शीर्षस्थानमा

नोटिङहमलाई हराउँदै सिटी प्रिमियर लिगको शीर्षस्थानमा


राष्ट्रिय

समाचार.

  • म्यान्चेस्टर सिटीले नोटिङहम फरेस्टलाई २-१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।
  • तेजानी रेन्डर्स र रायन चेर्कीले सिटीका लागि एक-एक गोल गरे भने ओमारी हचिन्सनले फरेस्टका लागि गोल गरे।
  • सिटीले १८ खेलमा ४० अंक जोड्दा आर्सनल दोस्रो स्थानमा छ र आर्सनलले ब्राइटनसँग खेल्दै छ।

१२ पुस, काठमाडौं । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार बेलुका भएको खेलमा नोटिङहम फरेस्टलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो ।

नोटिङहमकै मैदानमा भएको खेलमा सिटी २-१ ले विजयी भयो । सिटीको जितमा तेजानी रेन्डर्स र रायन चेर्कीले १-१ गोल गरे । फरेस्टका लागि ओमारी हचिन्सनले एक गोल गरे ।

४८औं मिनेटमा रायन चेर्कीको पासमा तेजानी रेन्डर्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा काउन्टर मुभ मार्फत नोटिङहमले शानदार फिनिस गर्‍यो । इगोर जेससको पासमा ओमारी हचिन्सनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

८३औं मिनेटमा रायन चेर्कीले गोल गर्दै सिटीलाई पुन: अग्रता दिलाए । कर्नरबाट आएको बल क्लियर नहुँदा बक्सबाहिर चेर्कीले पाएको बल सिधै प्रहार गर्दा गोलमा परिणत भएको थियो ।

जितपछि १८ खेलमा ४० अंक भएको सिटी शीर्षमा उक्लँदा एक खेल कम खेलेर ३९ अंक भएको आर्सनल दोस्रोमा झरेको छ । फरेस्ट १८ खेलमा १८ अंकसहित १७औं स्थानमा छ ।

आजै केहीबेरमा आर्सनलले ब्राइटनसँग खेल्दै छ । उक्त खेलमा जित निकालेमा आर्सनल फेरि शीर्षमा फर्किनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More