― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsएसपीए लिटल फ्लावर प्राइड लिगको तयारी तीव्र, १३ टोली सहभागी हुने

एसपीए लिटल फ्लावर प्राइड लिगको तयारी तीव्र, १३ टोली सहभागी हुने


राष्ट्रिय

समाचार.

  • नवौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिग खुल्ला टी-२० क्रिकेट प्रतियोगिता पुस २७ देखि माघ ५ गते धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने छ।
  • प्रतियोगितामा काठमाडौं, मधेश र सुदूरपश्चिमका गरी १३ टोलीले सहभागिता जनाउने लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।
  • विजेता टोलीले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ३० हजार प्राप्त गर्नेछ।

१२ पुस, काठमाडौं । नवौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिग खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स प्रालिले सनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारीबारे जानकारी गराएको हो ।

प्रतियोगितामा काठमाडौं, मधेश र सुदूरपश्चिमका गरी १३ टोलीले सहभागिता जनाउने लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहीले आर्थिक रुपमा आफू निकै पछाडि परेपनि क्रिकेटप्रतिको लगाव र मायाको कारण एकपटक पुन: प्रतियोगिताका लागि हिम्मत गरेको बताएका छन् ।

यहि पुस २७ गतेदेखि माघ ५ गतेसम्म धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेता टोलीले नगद ६० हजारसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ४ हजार, उदीयमान खेलाडी, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले समान दुई-दुई हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १००० प्राप्त गर्ने आयोजकले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More