― Advertisement ―

बहुविध उपकरणहरूले 2030 सम्ममा शक्तिशाली वितरित एआई क्षमता प्रदान गर्न सक्नेछन्

एआई TO01 द्वारा संयोजन गरिएको यन्त्र, ex01 द्वारा संयोजन गर्न सकिन्छ दशकको अन्त्यस्मार्टफोनहरू, पहिरन योग्यहरू, र इयरबडहरू मुख्य वितरित एआई प्रोसेसर बनिरहेका छन्औसत प्रयोगकर्ताहरूले...
HomeLatest newsकैलालीका दुई क्षेत्रबाट भीम रावलको नाम सिफारिस – KhabarHost

कैलालीका दुई क्षेत्रबाट भीम रावलको नाम सिफारिस – KhabarHost



१२ पुस, धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेता डा. भीम रावलको कैलालीका दुई वटा क्षेत्रबाट सिफारिस गरिएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ र ५ बाट नेता रावलको नाम सिफारिस गरिएको उक्त पार्टीले जनाएको छ ।

नेता कृष्ण राज सुबेदीको अध्यक्षमा बसेको जिल्ला कार्यदलको बैठकले आकांक्षी नेताहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।

नेकपाले रावललाई यसअघि अछाम क्षेत्र नम्बर १ बाट पनि सिफारिस गरिसकेको  छ ।

कैलाली– ५ बाट पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र विघटित प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीको नाम पनि सिफारिस गरिएको छ ।

उनीहरूमध्ये जोशीको बझाङ र भट्टको डोटीबाट समेत नाम सिफारिस गरिएको छ ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीका सबै क्षेत्रबाट आकांक्षीको नाम केन्द्रमा पठाइएको छ ।

क्षेत्र नम्बर १ बाट हरि ज्ञवाली, भैरव रावल, सुरेन्द्र देउकर, प्रेम साउद बालकृष्ण चौधरी,ललित थापा युवामा तपेन्द्र शाह र महिलामा  सरस्वती शाहको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ बाट नेता रावलसहित लाल बहादुर सोडारी, कर्ण प्रसाद जैशी, नन्द बहादुर साउद,युवामा शिवराज सञ्जाल र महिलामा बसन्ती डगौरा,  क्षेत्र नम्बर ३ बाट विरभान चौधरी,  लाजुराम चौधरी, प्रकाश मिश्र, विपिन आचार्य, कमल प्रसाद चौधरी, महिलामा विनीता चौधरी र युवामा वीरेन्द्र जिसीको नाम सिफारिस गरिएको नेकपाले जनाएको छ ।

क्षेत्र नम्बर ४ बाट हरिराम चौधरी उत्सव, दीर्घ सोडारी, उद्धव भट्टराई, कृष्णराज सुबेदी, मीनराज बडू, लक्ष्मण कुवर, लक्षीराम आचार्य, युवामा बमबहादुर विक र महिलामा चुनकुमारी चौधरीको नाम सिफारिस भएको छ ।

कैलाली  क्षेत्र नम्बर ५ बाट नेता डा. भीम रावल, भानुभक्त जोशी, त्रिलोचन भट्ट, नरबहादुर शाह, ओमप्रकाश पुन, प्रेम बिसी, सुरेन्द्र यादव, डिएल भण्डारी, महिलामा सुशीला बुढाथोकी लक्ष्मी चौधरी विनाडी र युवामा मनोज पुन मगरको नाम सिफारिस गरिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More