― Advertisement ―

DESI परियोजनाले 47 मिलियन ग्यालेक्सी र क्वासारहरूबाट डाटा रेकर्ड गर्‍यो र ब्रह्माण्डको 3D नक्सा बनाएको छ जसले अँध्यारो ऊर्जाको रहस्यहरू खोल्न मद्दत गर्‍यो।

सबैभन्दा ठूला नक्सा 4 लाख र निर्मित 4 लाखहरू प्रयोग गरेर quasarsहजारौं रोबोटिक फाइबर आर्महरूले टाढाको आकाशगंगाहरूबाट प्रकाश खिच्योनयाँ डेटाले अँध्यारो ऊर्जा व्यवहारको बुझाइलाई...
HomeLatest newsमकवानपुर–१ मा नेकपाबाट पूराना विरोधदेखि युवा नेता गौतमसम्म सिफारिस

मकवानपुर–१ मा नेकपाबाट पूराना विरोधदेखि युवा नेता गौतमसम्म सिफारिस



१२ पुस, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीबाट मकवानपुरको क्षेत्र नं. १ का लागि पुराना नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्म सिफारिस भएका छन् ।

खतिवडा विगतमा पटकपटक सांसद भएका नेता हुन् भने गौतम साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन् । पूर्वसांसद खतिवडाको क्षेत्र नं २ मा पनि शिफारिस भएको छ ।

क्षेत्र नं. १ बाट वहालवाला  जनप्रतिनिधि सहित १३ जना र क्षेत्र नं. २ मा बहालवाला जनप्रतिनिधि ८ जनाको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा सिफारिस भएको छ ।

मकवानपुर क्षेत्र नं. १ बाट सिफारिस हुनेमा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ् रहेका छन् । सिफारिस हुनेमा वहालवाला प्रदेस सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान समेत रहेका छन् ।

त्यसैगरी मकवानपुर क्षेत्र नं. २ मा विरोध खतिवडा, रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेति, किशोर बर्तौलाको नाम सिफारिस छ । त्यस्तै सिफारिस हुने अन्यमा वहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिराङ गककाउपालिका उपाध्यक्ष बनस्थम थिङ समेतको नाम रहेको छ ।

यसैगरी समानुपातिक तर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान शिफारिस भएका छन् ।

समानुपातिक तर्फ बिभिन्न क्लस्टर अन्तर्गत शिफारिस हुने अन्यमा कृष्ण चेपाङ, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरे रहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More