― Advertisement ―

HomeLatest newsप्रलोपाको प्रदेश कमिटी गठन – KhabarHost

प्रलोपाको प्रदेश कमिटी गठन – KhabarHost



१२ पुस, विराटनगर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले  ९९ सदस्यीय कोशी प्रदेश कमिटी गठन गरेको छ । शनिबार इटहरीमा आयोजित प्रदेश स्तरीय भेलाले उक्त कमिटीको घोषणा गरेको हो ।

घोषित कमिटीमा केन्द्रको संरचना जस्तै अध्यक्ष परिषद् बनाइएको छ, जसमा मदन भट्टराई, सम्झना राई (सन्ध्या), शम्भु चौधरी र नरेन्द्र बस्नेत  छन् ।

कोशी प्रदेश इन्चार्जमा केदार गरागाईं र सह–इन्चार्जमा लक्ष्मी न्यौपाने (सरु) लाई चयन गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टीका नेता एवं पूर्वमन्त्री सुदन किरातीले पार्टी केवल अर्को एउटा दल मात्र नभएर समाजको अन्तरविरोध हल गर्ने वैकल्पिक शक्ति भएको दाबी गरे ।

उनले कांग्रेस नेता गगन थापा र एमाले नेता सुरेन्द्र पाण्डेलाई पुरानो नेतृत्वको कार्यशैली विरुद्ध विद्रोह गर्न सुझाव दिँदै रवि लामिछाने, बालेन शाह र हर्क साम्पाङ जस्ता नयाँ शक्तिहरूलाई समृद्धिको एजेन्डामा एक हुन आह्वान समेत गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More