राष्ट्रिय
समाचार.
- चलचित्र विकास बोर्डले कलाकार तथा चलचित्रकर्मीको नाम र फोटो दुरुपयोग गरी अनलाइन ठगी बढेकाले सजग हुन आग्रह गरेको छ।
- बोर्डले सामाजिक सञ्जालमा बलियो पासवर्ड र ‘टू फ्याक्टर अथेन्टिकेसन’ अनिवार्य प्रयोग गर्न सुझाएको छ।
- प्रहरीको साइबर ब्यूरोले पनि कलाकारको नाममा पैसा माग्दा पुष्टि नगरी रकम नपठाउन सचेत गराएको छ।
काठमाडौं । कलाकार तथा चलचित्रकर्मीको फोटो र नाम दुरुपयोग गरेर अनलाइन ठगीका घटना हुन थालेपछि चलचित्र विकास बोर्डले सजग हुन आग्रह गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै बोर्डले चलचित्रकर्मीलाई आफ्ना सामाजिक सञ्जालका खातामा बलियो पासवर्ड र ‘टू फ्याक्टर अथेन्टिकेसन’ अनिवार्यरुपमा प्रयोग गर्न सुझाएको छ ।
कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा, वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउन समेत भनेको छ ।
पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्स एप लगायतका सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्वीर प्रयोग गरि नक्कली आइडी बनाउने, वास्तविक आइडी ह्याक गर्ने, साथीभाइ र शुभचिन्तकसँग पैसा माग्ने ठगीका घटना बढिरहेको तर्फ बोर्डले सचेत समेत गराएको छ ।
पछिल्ला केही सातायता चर्चित फिल्म र संगीत क्षेत्रका कलाकारको नाम र फोटो दुरुपयोग गरि अनलाइन ठगीका घटना बढेका छन् । प्रहरीको साइबर ब्यूरोले समेत यसतर्फ सचेत हुन आग्रह गरेको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


