― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsकर्नाटकमा बस र ट्रक ठोक्किंदा कम्तिमा ११ जनाको मृत्यु

कर्नाटकमा बस र ट्रक ठोक्किंदा कम्तिमा ११ जनाको मृत्यु



१० पुस, काठमाडौं । भा।तको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् ।

चित्रदुर्गका जिल्ला अधिकारी (डीसी)ले बीबीसी हिन्दीसँग दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा भएको बताएका छन् ।

बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको उनले जानकारी दिएका छन् ।

‘दुर्घटनामा परेको बस स्लीपर कोच हो । ३२ यात्रु सवार थिए । अहिलेसम्म हामीले ११ शव पहिचान गरेका छौं । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेका छौं’, जिल्लाधिकारीले भनेका छन् ।

घटनास्थलबाट प्राप्त तस्वीरहरूमा दुर्घटना अत्यन्तै गम्भीर देखिएको र बस पूर्णरूपमा क्षतिग्रस्त भएको तथा ट्रकको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त देखिएको बीबीसीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More