― Advertisement ―

HomeLatest newsएमाले नेता गुरु बरालको नाम समानुपातिक सूचीका लागि सिफारिस

एमाले नेता गुरु बरालको नाम समानुपातिक सूचीका लागि सिफारिस



१० पुस, विराटनगर । एमाले नेता गुरु बरालको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ ।

नेकपा एमाले मोरङले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बरालसहित १६ जनाको नाम सिफारिस गरेको हो ।

जिल्लाबाट आकांक्षी नेताको नाम प्रदेश कमिटीमा सिफारिस भएको सचिव सोमराज थापाले जानकारी दिए ।

उनका अनुसार जिल्ला कमिटीबाट बरालसँगै नरेश पोखरेल, भुराज राई, शान्ति लिम्बू, धना तामाङ, रामलाल साह, सत्यनारायण चौधरी, खेम नेपालीलगायतको नाम सिफारिस भएको छ । प्रदेशले आकांक्षी सूची आज केन्द्रमा पठाउनेछ ।‍

समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका बराल पार्टीको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका नेता हुन् ।

केपी ओलीको समूहबाट उम्मेदवार बनेका उनी सो समूहबाट पराजित हुने सिनियर नेतामध्ये एक हुन् । उनीसँगै उपमहासचिव उम्मेदवार विष्णु रिमाल पनि पराजित भएका थिए ।

पराजित हुनुअघि बराल एमालेको उपाध्यक्ष नै थिए । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि अध्यक्ष केपी शर्मा ओलीले रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनीत गरेका थिए । तर, पार्टीको आन्तरिक निर्वाचनमा उनी पराजित भए ।
२०५१ सालमा भएको मध्यावधि निर्वाचन जितेका बराल त्यसयता चारपटक पराजित भएका छन् । २०७८ माघ १२ मा भएको राष्ट्रियसभा निर्वाचनमा बराबर मत आएपछि गोला गर्दा कांग्रेस उम्मेदवार गोपाल बस्नेतसँग पराजित भएका थिए । जनअनुमोदित नभए पनि उनी पार्टी राजनीतिमा प्रभावशाली हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More