राष्ट्रिय
समाचार.
- सुनको भाउ बुधबार तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको नयाँ भाउ प्रतितोला २ लाख ६८ हजार १ सय तय गरेको छ।
- चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ४२० पुगेको छ।
९ पुस, काठमाडौं । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ । प्रतिशतका आधारमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

