― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsयुट्युबमा हेर्नूस धीरज-उपासना अभिनित फिल्म ‘खुश्मा’

युट्युबमा हेर्नूस धीरज-उपासना अभिनित फिल्म ‘खुश्मा’


राष्ट्रिय

समाचार.

  • २०८१ सालको फिल्म ‘खुश्मा’ मंगलबार केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमा रिलिज भएको छ।
  • फिल्मले सशस्त्र द्वन्द्वकालको पृष्ठभूमिमा बेपत्ता पारिएकाको परिवारको पीडा र मुख्य पात्रहरूको प्रेमकथा देखाएको छ।
  • ‘खुश्मा’ व्यवसायिक सफल भएपछि निर्माताले नयाँ फिल्म ‘जलाकी’ निर्माणको तयारी थालेका छन्।

काठमाडौं । २०८१ सालको सुपरहिट फिल्म ‘खुश्मा’ युट्युबमा रिलिज भएको छ । धीरज मगर र उपासनासिंह ठकुरीको शीर्ष भूमिका रहेको यो फिल्म ‘रुकुम मैकोट’ गीतले विश्वब्यापी चर्चित बन्यो ।

मंगलबार केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमा फिल्म स्ट्रिमिङ गरिएको छ ।

सशष्त्र द्वन्द्वकालको पृष्ठभूमिमा लेखिएको कथाले बेपत्ता पारिएकाको परिवारको पीडालाई दर्शाउँछ । त्यसबीच मुख्य पात्रहरूको प्रेमकथालाई पनि चित्रण गरिएको छ ।

फिल्ममा माओत्से गुरूङ, राज थापा काउचा, विजय सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरूण मगर, राजु रेग्मी मगर, संगीता थापालगायत कलाकारको अभिनय छ ।

हलमा रिलिजको एकवर्ष पछि युट्युबमा फिल्म आएको हो । ‘खुश्मा’ व्यवसायिक सफल बनेपछि यसका निर्माताले नयाँ फिल्म ‘जलाकी’ निर्माणको तयारी थालेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More