― Advertisement ―

‘कामदारहरूलाई यी कुराकानीहरूमा संलग्न हुन आवश्यक छ’: कम्पनीको एआई डाटा सेन्टर निर्माणको आलोचना गरेपछि अमेजन इन्जिनियरहरू छानबिन गरिनेछ – Amazon “हामीले फेला पार्ने आधारमा...

काउन्सिलमा कर्मचारीहरूले तीनवटामाथि लगानी गरेको टिप्पणी छ। बैठककर्मचारीहरूले डाटा सेन्टर निर्माणमा एक वर्षको मोरेटोरियममा छलफलको क्रममा बोलेअमेजनले भने कि यसले "हामीले के फेला पार्छ...
HomeLatest newsचप्पलले खोल्यो दुई व्यक्ति हत्याको पोल, कारण बन्यो ११ लाख ऋण

चप्पलले खोल्यो दुई व्यक्ति हत्याको पोल, कारण बन्यो ११ लाख ऋण



७ पुस, काठमाडौं । ललितपुरमा एकै व्यक्तिले दुई दिनको अवधिमा दुई युवकको हत्या गरेको खुलेको छ । एक व्यक्ति हत्या आरोपमा पक्राउ गरेर अनुसन्धान गर्दा तिनै व्यक्तिले अर्का व्यक्तिको पनि हत्या गरेको खुलेको हो ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका घर भएका रमेश भनिने देवराज ढुंगेल र जयराम अधिकारी छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको सहयोगमा पक्राउ गरिएको हो ।

उनीहरू दुई जना मिलेर भोजपुर घर भएका २१ वर्षीय पारुहाङ राई र गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको हत्या गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

अधिकारीलाई सिन्धुली प्रहरीको सहयोगमा आइतबार साँझ पक्राउ गरी १० बजे राति काठमाडौं ल्याइएको हो । यसअघि प्रहरीले देवराजलाई पक्राउ गरेको थियो ।

हत्या गर्नुको मुख्य कारण ऋणसँग जोडिएको प्रहरीले बताएको छ । घटनाअनुसार देवराजले आफ्नी श्रीमतीलाई करिब चार महिनाअघि जापान पठाएका थिए । श्रीमती जापान पठाउन उनले कोही व्यक्तिसँग ऋण लिएका थिए । उक्त ऋण तिर्न फेरि देवराजले अहिले हत्या गरिएका आफ्नै जेठान केशवराजसँग ६ लाख र पारुहाङसँग ५ लाख रुपैयाँ ऋण लिएको अनुसन्धान अघिकृत बताउँछन् ।

केशवराज र पारुहाङले उक्त ऋण फिर्ता माग्न थालेपछि योजना बनाएर हत्या गरेको प्रहरीले बताएको छ । ‘हत्याको मुख्य कारण नै ऋणसँग जोडिएको छ । ऋण तिर्नु नपर्ने सोचेर हत्या गरेको देखिन्छ,’ एसएसपी बस्नेतले भने ।

रमाइलो गर्ने भन्दै जंगलमा लगेर केशवराजको हत्या

हत्या गरिएका केशवराज र हत्या आरोपमा हिरासतमा रहेका देवराज ज्वाईं-जेठान हुन् । देवराजले केशवराजकी बहिनी विवाह गरेका हुन् । ज्वाईं-जेठान मिलेर ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा जग्गा भाडामा लिएर कृषि फार्म चलाएका थिए ।

साँधमा अहिले हत्या गरिएका पारुहाङको पनि अर्को कृषि फार्म थियो । देवराजले आफ्नी श्रीमतीलाई जापान पठाउँदा लागेको ऋण तिर्न जेठान केशवराज र कृषि फार्मका सँधियार पारुहाङसँग गरी ११ लाख रुपैयाँ ऋण लिएका थिए ।

ऋण लिने बेलामै पारुहाङ र केशवराजको घरपरिवारमा भने देवराजले विदेश जान लागेकाले रकम बुझाएको हो भन्न लगाएका थिए । जसले भोलिका दिनमा हत्या हुँदा पनि थाहा नहोस् भन्ने उद्देश्य रहेको अनुसन्धानमा खटिएका एक अधिकृत बताउँछन् । मोबाइलमा फोन नलागेपछि विदेश गएको भन्ने बुझ्ने भएकाले हत्या भएको थाहा नपाउन् भन्ने उद्देश्य देखिएको ती अनुसन्धान अधिकृतको विश्लेषण छ ।

हत्याको योजना बनाएपछि देवराजले आफ्ना जेठानलाई डाँडातिर गएर रमाइलो गर्ने प्रस्ताव गर्छन् । ज्वाईंको प्रस्तावमा जेठान सहमत हुन्छन् । अनि उनीहरूसँगै जोडिन्छन्, जयराज अधिकारी । ललितपुरको ज्यामिरे भन्ने ठाउँको जंगलमा उनीहरू पुग्छन् । त्यहाँ उनीहरूले मदिरा सेवन गर्छन् ।

मदिराले केशवराज लट्ठ भएपछि झोलामा लगिएको ह्याम्मरले हानेर हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटी बताउँछन् । हत्यापछि हातखुट्टा र मुखमा टेपले बाँधेर शव त्यहीं छाडेर उनीहरू फर्केको प्रहरीले बताएको छ ।

भोलिपल्ट पारुहाङको हत्या

केशवराजको हत्यापछि ऋण तिर्नु नपर्नेमा देवराज ढुक्क भए । तर पारुहाङसँग लिएको ५ लाख ऋण भने बाँकी नै थियो । त्यसपछि भोलिपल्ट देवराजले पारुहाङको पनि हत्या गरे पूरै ऋणबाट मुक्त हुने सोच्छन् ।

सोहीअनुसार केशवराजकै जस्तो शैलीमा डाँडामा रमाइलो गर्न जाने बहानमा पारुहाङलाई लगेर २५ मंसिरमा हत्या गरिन्छ । केशवराजको हत्याबारे केही सुईंको नपाएका पारुहाङले पनि देवराजको योजनामा सहमति जनाउँछन् । त्यसपछि २५ मंसिरमा देवराजले नै भनेको ठाउँ ललितपुर र भक्तपुरको सिमानामा पर्ने सूर्यविनायक नगरपालिका–७ को जंगलमा पारुहाङलाई लिएर देवराज र जयराम जान्छन् ।

हत्या गरिएका केशवराज र हत्या आरोपमा हिरासतमा रहेका देवराज ज्वाईं-जेठान हुन् । ज्वाईं-जेठान मिलेर ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा जग्गा भाडामा लिएर कृषि फार्म चलाएका थिए ।

केशवराजकै जस्तो मदिराको नसामा लट्ठ भएपछि झोलामा बोकेर लगेको ह्याम्मरले हानेर पारुहाङको पनि हत्या गरिन्छ । हत्यापछि केशवराजकै जस्तो गरी हातखुट्टा बाँधेर मुखमा टेप लगाई प्लास्टिकले शव प्याक गरी भिरबाट खसाल्छन् । त्यसपछि उनीहरू ढुक्कले बसेको देखिन्छ ।

हत्याको एक सातापछि भेटियो शव, चप्पलले खोल्यो पोल

केवशराज र पारुहाङ दुवै जना सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन प्रहरीमा उजुरी दिन्छन् । यता ज्वाईं-जेठानको लगानीमा रहेको कृषि फार्म भने उनीहरूले रोल्पाका दीपक थापा मगरलाई बेचिसकेका थिए ।

उनै केशवराजले बेचेको शेरफाँटको उक्त कृषि फार्मको इनारमा शंकास्पद अवस्थामा एउटा ठूलो बोरा कामदारले देख्छन् । त्यसपछि शंका लागेर प्रहरीलाई खबर हुन्छ ।

प्रहरी घटनास्थल गएर बोरा निकालेर हेर्दा एक युवकको शव भेटिन्छ । उक्त शव हराएको भनिएका केशवराजकै रहेको भन्दै परिवारले सनाखत गर्छन् । त्यसपछि हराएका भनिएका केशवराजको हत्या भएको पुष्टि हुन्छ । यो बीचमा पारुहाङ जीवित-मृतबारे भने प्रहरीले केही पनि सुईंको पाइएको हुँदैन ।

प्रहरीले अनुसन्धानलाई तिव्रता दिन्छ । सँगै कृषि फार्ममा साझेदार भएर काम गरेकाले ज्वाईं देवराजमाथि पनि शंका गरेर प्रहरीले अनुसन्धान अघि बढाउँछ । तर उनी आफैं आफ्ना जेठानको खोजीमा सक्रिय हुँदै प्रहरीलाई सहयोग गर्छन् ।

केशवराज लिभिङ टुगेदरमा थिए । उनीसँगै फार्मको छाप्रोमा उनकी प्रेमिका पनि बस्थिन् । प्रेमिकासँग विवाद भएपछि उनी सिन्धुली गए । लामो समयसम्म पनि ललितपुर फर्केनन् । त्यसपछि रिसले एक दिन केशवराजकी प्रेमिकाले टहरो तोडफोड गर्न थालिन् ।

त्यसको भिडियो देवराजले बनाएका थिए । उक्त भिडियो उनले जापानमा रहेकी आफ्नी श्रीमतीलाई समेत पठाएका थिए ।

अभियुक्त पहिचानको क्लू बनेको चप्पल र मृतकले भाडामा लिएको मोटरसाइकल ।

यता, हराएको भनिएका केशवराजको शव २ पुसमा इनारभित्रबाट प्रहरीले निकाल्यो । शव फालिएको इनार नजिकै एउटा चप्पलसमेत भेटिएको थियो । प्रहरीले उक्त चप्पललाई आधार मानेर पनि अनुसन्धान गर्‍यो । तर चप्पल कसको हो भन्ने खुल्न सकेको थिएन ।

यहीबीचमा टहरो भत्काउँदै गरेको भिडियो आफन्तमार्फत प्रहरीमा पुग्यो । उक्त भिडियोमा क्राइम सिनमै फेला परेको चप्पल देखियो । भिडियोमा देखिएको चप्पल र क्राइम सिनमा फेला परेको चप्पल म्याच खायो ।

त्यसपछि उक्त चप्पल भिडियो खिच्ने देवराजकै रहेको पहिचान भयो । त्यसपछि अनुसन्धान लगभग निष्कर्ष प्रहरीले निकालेको थियो ।

थप पुष्टि गर्न प्रहरीले देवराजलाई आफ्नो कोठा देखाउन लगाउँछ । भक्तपुरमा रहेको आफ्नो कोठा भनेको ठाउँमा देवराजले लान्छन् । तर त्यहाँबाट केही दिनअघि मात्रै डेरा सरेर गएको खुल्छ ।

प्रहरीले थप शंका लागेर कोठा देखाउन भनेपछि बाध्य भएर देवराजले आफ्नो कोठा देखाएको अपराध अनुसन्धान कार्यालयका एसएसपी काजीकुमार आचार्यले बताए ।

देवराजको कोठामा भने शंकास्पद वस्तुहरू फेला पर्छन् । प्रहरीका अनुसार उनको कोठामा रगत लतपतिएका कपडा, भाँचिएको अवस्थाको ह्याम्मर, टेप भेटिन्छ । केशवराजको शव बाँधिएको टेप र देवराजको कोठाको टेपसमेत म्याच भएपछि ज्वाईंबाटै जेठानको हत्या भएको निष्कर्षमा प्रहरी पुग्छ । तर घटनाबारे देवराजले अस्वीकार गरिरहन्छन् ।

जयराम समातिएपछि खुल्यो अर्का व्यक्तिको हत्या

कोठाबाट सबुद प्रमाण भेटिँदासमेत देवराजले घटना अस्वीकार गरिहेका थिए । यता, प्रहरीले प्राविधिक कोणबाट पनि अनुसन्धान गरिरहेको थियो । प्राविधिक अनुसन्धानबाट खुल्यो देवराजसँगै घटनास्थलमा अर्का व्यक्ति पनि थिए, जयराम अधिकारी थिए ।

उनीहरू दुईबीच मोबाइलमा सम्पर्क भएको देखियो । यति हुँदा पनि देवराजले अधिकारीबारे केही थाहै नभएको दाबी गरिरहे । प्राविधिक कोणको अनुसन्धानमा घटनामा जोडिएपछि आइतबार मात्रै सिन्धुलीको गोलन्जोरस्थित आफ्नो घरमा रहेका जयराम समातिए ।

सिन्धुली प्रहरीको सहयोगमा पक्राउ परेका उनलाई राति १० बजे अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं ल्याएको थियो । प्रारम्भिक सोधपुछकै क्रममा उनले केवशराजको हत्या स्वीकार मात्रै गरेनन्, सँगै अर्का व्यक्ति पनि हत्या भएको खुलासा गरे ।

त्यसपछि प्रहरी नै चकित परेको थियो । हत्या गरेको भए शव कहाँ छ भन्दै प्रहरीले देखाउन भन्यो । आइतबार मध्यराति जयरामले भक्तपुरको सूर्यविनायक–७ को जंगलमा लगेको एक अनुसन्धान अधिकृतले बताए ।

उनै जयरामले भनेको स्थानमा हराएका भनिएका अर्का व्यक्ति पारुहाङको शव भेटियो । त्यसपछि बल्ल यो समूहले दुई दिनको बीचमा दुई युवकको हत्या गरेको खुलेको एसएसपी बस्नेत बताउँछन् ।

हत्याको २ दिनपछि मोटरसाइकलमा शव बोकेर इनारमा हालियो

ललितपुरको ग्रामीण भेग ज्यामिरकोटमा हत्या गरेर केशवराजको शव छाडेर उनीहरू त्यहाँबाट हिँडेका थिए । भोलिपल्ट पारुहाङको हत्या गरेर अनकन्टार भिरमा खसालिएकोले शव नभेटिनेमा उनीहरू ढुक्क थिए ।

तर, सामान्य झाडीमा त्यसै छाडिएकाले केशवराजको शव देख्ने भएकाले उनीहरूले व्यवस्थापनको योजना बनाएर इनारमा ल्याएर हालेको देखिएको प्रहरीले बताएको छ ।

हत्या गरेर जंगलमा फालिएको पारुहाङको शव र घटनास्थल ।

हत्याको २ दिनपछि २६ मंसिरमा उक्त शव लिन उनीहरू मोटरसाइकल ज्यामिरकोट पुगेका थिए । शवलाई बोरामा प्याक गरेर उनीहरूले मोटरसाइकलमा हालेर आफूले बेचेको कृषि फार्मको इनारमा ल्याएर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

‘देवराजले मोटरसाइकल चलाउने, शवलाई बीचमा राखेर पछाडि जयराम बसेर कृषि फार्मको इनारमा ल्याएर हालेको देखिन्छ,’ एसपी आचार्य भन्छन् । यो सबै काम उनीहरूले २६ मंसिरको मध्यराति गरेको देखिएको छ । ज्यामिरकोटका झाडीमा एउटा मोटरसाइकल पनि भेटिएको थियो । उक्त मोटरसाइकल मृतक हायुले दुई दिनका लागि भाडामा लिएको अनुसन्धानका क्रममा देखिएको छ ।

२ लाखमा डिल, १० हजार बुझेर घर फर्के जयराम

प्रहरीका अनुसार गोलन्जोरका देवराज र जयराम एकदमै मिल्ने साथी थिए । हत्याको योजना बनाएर सिन्धुली बस्ने जयरामलाई देवराजले काठमाडौं बोलाएको प्रहरी अधिकारीहरू बताउँछन् ।

त्यसपछि केशवराज र पारुहाङको हत्या गर्ने योजना जयरामलाई सुनाउँछन् । जयरामको २ लाख ऋण भएकाले उक्त ऋण तिर्न हत्यापछि देवराजले २ लाख रकम दिने बचन दिएको जयरामले प्रहरीसमक्ष बताएका छन् ।

देवराजको योजनामा जयराम तयार भएपछि दुवै जना मिलेर दुई दिनमा २ जनाको हत्या हुन्छ ।

हत्यापछि देवराजले जम्मा १० हजार रुपैयाँ दिएको जयरामले प्रहरीसमक्ष स्वीकारेका छन् । ‘मलाई २ लाख दिने भनिएको थियो । पछि १० हजार दिए । अनि घर फर्केर ढुक्कले बसेको हुँ,’ जयरामलाई उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More