― Advertisement ―

यस शक्तिशाली Asus TUF F16 गेमिङ ल्यापटपलाई RTX 4050 को साथ $1,000 मुनि Amazon मा लिनुहोस्।

यदि तपाईं चालमा खेल्न इच्छुक हुनुहुन्छ तर कडा बजेटसँग व्यवहार गर्दै हुनुहुन्छ भने, तपाईं भाग्यमानी हुनुहुन्छ। अहिले, तपाईं Asus TUF F16 गेमिङ ल्यापटप Amazon...
HomeLatest newsसेभियामाथि रियल मड्रिडको जित – KhabarHost

सेभियामाथि रियल मड्रिडको जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल मड्रिडले सेभियालाई २-० गोलअन्तरले हराएको छ।
  • रियलको जितमा जुड बेलिङहमले ३८औं र किलियन एमबाप्पेले ८६औं मिनेटमा गोल गरेका थिए।
  • सेभियाका मार्कस टेक्सेराले ६८औं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।

६ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ ।

१० खेलाडीमा सीमित सेभियालाई रियलले २-० गोलअन्तरले हराएको हो । रियलको जितमा जुड बेलिङहम र किलियन एमबाप्पेले एक-एक गोल गरे ।

खेलको ३८औं मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८६औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

६८औं मिनेटमा मार्कस टेक्सेराले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि दोस्रो स्थानको रियलको १८ खेलमा ४२ अंक भएको छ । सेभिया २० अंकसहित नवौं स्थानमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More