राष्ट्रिय
समाचार.
- मास्टरले विद्यार्थीलाई जीवनका विभिन्न विषयहरू सिकाउँदै आफ्नो उमेर र उनीहरूको उमेरबीचको दूरी महसुस गर्न खोज्नुभयो।
- मास्टरले ब्रह्माण्डदेखि डीएनएसम्मका विषयहरू पढाए पनि आफ्ना सपनाहरूको सिमाना नाप्न सक्नुभएन।
- अर्थतन्त्रको संकटका बाबजुद मास्टरले जीवनभरि मार्करमा मसी भर्दै आफ्नो कथा लेखिरहनुभयो।
हिउँदको बर्फिलो सिरेटो
चिहानको बाटो
विद्यार्थीलाई के के हो के के सिकाउँछु भन्दै
बहकिएको हो
एउटा मास्टर
मार्कर बोकेर।
उमेरले उकालो लाग्दै गर्दा
लागेका कक्षाका ओरालीहरू
आफ्नो र उनीहरूको उमेरको दूरी निकाल्न
सिकाउन खोज्दा
तप्प मार्करको मसी झरेको हो
आँखाबाट।
चिसो र घाँटी बीच घर्षण हुँदा
उसको जीवनमा कहिल्यै बनेनन्
रहरका सङ्ग्रहालय
तर पनि उसले छोडेन
विग व्याङ्ग थ्यौरी सत्य हो
भनेर पढाउन।
मार्करका निभहरू जसरी
सुक्न थाल्यो उसको घाँटी
तर पनि
साराका रङ्गीन सपनाहरूमा
मसीले सिञ्चन गरिरह्यो।
मास्टरले ब्रह्माण्डको दूरीदेखि
डीएनएसम्म सिकायो
तर आफ्ना सपनाहरूको सिमाना
नाप्ने हिसाब कहिल्यै मिलाउन सकेन।
जीवावशेषको जग पढाउँदा पढाउँदै
आफ्नो अस्तित्व पत्रे चट्टान भित्र लुकेको
कुरा मास्टरले कसरी पत्तो पाउनु ?
अर्थतन्त्रको ग्रहणले
जीवनलाई धपक्कै ढाक्दा पनि
उसले आजीवन
मार्करमा मसी भरिरह्यो।
मसीले लतपतिएको मास्टरको कहानी,
मार्कर र मास्टर बीचको दूरी
के तपाईंले देख्नुभएको छ?
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

