― Advertisement ―

मैले मेरा पाठ सन्देशहरूलाई सुनोसँग गीतमा परिणत गरें र अब मेरो डिनर योजनाहरू पप युगल जस्तै सुनिन्छन्

एआई-उत्पन्न गरिएको गीत नम्बर वन iTunes मा। एआई मोडेलहरूले संगीत कसरी उत्पादन गर्छन् भन्ने बारे वैध चिन्ताको बाबजुद, यसको वर्तमान लोकप्रियतालाई अस्वीकार गर्न सकिँदैन।...
HomeLatest newsनिर्वाचनको वातावरण बनाउन शेखर कोइरालाको आग्रह – KhabarHost

निर्वाचनको वातावरण बनाउन शेखर कोइरालाको आग्रह – KhabarHost



५ पुस, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निष्पक्ष, भयरहित वातावरणमा जनताले मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उहाँले सरकारका साथै पार्टीका कार्यकर्ताले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने धारणा राखे ।

त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचनको सम्भावना नहुने भन्दै उनले सरकारले यसका लागि विशेष पहल गर्नुपर्ने धारणा राखे ।

‘गत भदौ २४ गतेको जेनजी आन्दोलनका समयमा फरार रहेका पाँच हजार कैदीबन्दी करागार बाहिर छन् । प्रहरीबाट लुटिएका करिब पाँचदेखि सात हजार हतियार पक्राउ परेका छैनन्,’ कोइरालाले भने, ‘तसर्थ आमजनतामा त्रास र भयको वातावरण छ । यस्तो अवस्थामा सरकार, राजनीतिक दल, सरोकार भएका निकाय सबैले निर्वाचनको वातावरण बनाउन समन्वय गर्नुपर्ने हुन्छ ।’

नेता कोइरालाले कांग्रेस एक जिम्मेवार र जनचाहना अनरुप सञ्चालन हुने पार्टी भएकाले निर्वाचनको वातावरणसँगै पार्टीको महाधिवेशन सम्पन्न गर्नेतर्फ रहेको बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More