― Advertisement ―

मैले मेरा पाठ सन्देशहरूलाई सुनोसँग गीतमा परिणत गरें र अब मेरो डिनर योजनाहरू पप युगल जस्तै सुनिन्छन्

एआई-उत्पन्न गरिएको गीत नम्बर वन iTunes मा। एआई मोडेलहरूले संगीत कसरी उत्पादन गर्छन् भन्ने बारे वैध चिन्ताको बाबजुद, यसको वर्तमान लोकप्रियतालाई अस्वीकार गर्न सकिँदैन।...
HomeLatest news५१ औं दिनमा ‘परान’ ले बाँड्यो अनाथ, असहायलाई न्यानो लुगा

५१ औं दिनमा ‘परान’ ले बाँड्यो अनाथ, असहायलाई न्यानो लुगा


राष्ट्रिय

समाचार.

  • फिल्म ‘परान’ ले प्रदर्शनको ५१ औं दिन बुढानिलकण्ठस्थित पवित्र समाजसेवा अनाथ आश्रममा न्यानो कपडा वितरण गर्‍यो।
  • फिल्मले ३ पुससम्म १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ र ‘छक्कापञ्जा ४’ र ‘जारी’ लाई उछिनेको छ।
  • ‘परान’ नेपाली फिल्मको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म बनेको छ र दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेका छन्।

काठमाडौं । सुपरहिट फिल्म ‘परान’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । यस अवसरमा फिल्मले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा अनाथ आश्रममा न्यानो कपडा वितरण गर्‍यो ।

फिल्मले ३ पुस, बिहीबारसम्म (प्रदर्शनको ४९ औं दिन) सिनेपाः बक्सअफिसमा १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ । फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई उछिनेको छ ।

यो फिल्मले नेपाली फिल्मको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेते बनेको छ ।

५१ औं दिनको अवसरमा निर्माता, निर्देशक र कलाकारले उक्त आश्रममा आश्रितलाई न्यानो लुगा वितरण गरे ।

यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्मलाई दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More