― Advertisement ―

HomeLatest newsमिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप जेठ अन्तिममा

मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप जेठ अन्तिममा


राष्ट्रिय

समाचार.

  • काठमाडौं महानगरपालिका वडा नं २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप जेठ २९ र ३० गते हुने भएको छ।
  • प्रतियोगितामा पुरुषतर्फ ९ विधा र महिलातर्फ स्पोर्ट फिजिक्स खुल्ला प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराएका छन्।
  • ओभरअल विजेतालाई पाँच लाख नगद, ट्रफी र व्यानेटसहित सम्मान गरिनेछ भने प्रत्येक तौलसमूहका शीर्ष पाँचलाई नगद पुरस्कार दिइनेछ।

५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने भएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ कूल ९ विधामा प्रतिस्पर्धा हुने आयोजक वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

जसअन्तर्गत छ तौलसमूह, दुई स्पोर्ट फिजिक्स र एक ओभरअल विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्सअन्तर्गत खुल्ला प्रतिस्पर्धा गराइनेछ । महिला स्पर्धा यो संस्करणदेखि थपिएको हो ।

पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमुहमा प्रतिस्पर्धा गराइनेछ भने स्पोर्ट फिजिक्स अन्तर्गत १७० सेमी भन्दा माथि र १७० सेमीसम्मको दुई विधामा प्रतिस्पर्धा गराइनेछ ।

प्रत्येक तौलसमूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारिताका लागि ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुने छन् । ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित नगद पाँच लाख, ट्रफी र व्यानेटले सुसज्जित गरिनेछ ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा हुने प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि जजिङ र फाइनल खेल हुनेछ ।

प्रत्येक तौलसमूह समूहमा प्रथम, दोस्रो, तेस्रो, चौथी र पाँचौं हुने खेलाडीलाई क्रमशः १ लाख, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिइनेछ । त्यस्तै स्पोर्ट फिजिक्स तर्फ पनि पुरुष र महिला दुवै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख २५ हजार, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीले खेलाडीले समयमै राम्रो तयारी गर्न सकुन् भन्ने उद्देश्यले चाँडै पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More