― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsएटीयू रेफ्री एजुकेसन कोर्समा सिवाकोटी – KhabarHost

एटीयू रेफ्री एजुकेसन कोर्समा सिवाकोटी – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी विश्व तेक्वान्दोले सञ्चालन गरेको एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भएका छन्।
  • कोर्समा एसियाका ४० राष्ट्रका एक सय जना रेफ्री सहभागी भएका छन् र नयाँ नियम सन् २०२६ जनवरी १ बाट लागु हुनेछ।
  • सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स हुन् र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक र प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।

५ पुस, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी विश्व तेक्वान्दोले सञ्चालन गरेको एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भएका छन् । विश्व तेक्वान्दोले सञ्चालन गरेको चारदिने कोर्समा नेपालबाट सिवाकोटी छनोट भएका थिए । सिवाकोटी ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायकसमेत हुन् ।

विश्व तेक्वान्दोले परिवर्तन गरेका नयाँ नियमहरुका बारेमा जानकारी गराउन एसियन तेक्वान्दो युनियन (एटीयू) ले एसियाका सबै देशबाट प्रतिनिधित्व हुने गरी रेफ्री छनोट गरेर यही डिसेम्बर १७ देिख २० तारिखसम्म दक्षिण कोरियाको राजधानी सियोलस्थित कोरिया नेसनल स्पोट्र्स एकेडेमीमा चार दिनसम्म प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

कोर्समा सहभागी हुन सिवाकोटी गत मंगलबार नै दक्षिण कोरिया गएका थिए । कोर्समा एसियाका ४० राष्ट्रका एक सय जना रेफ्री सहभागी भएका छन् ।

विश्व तेक्वान्दोले परिवर्तन गरेका नयाँ नियमहरु सन् २०२६ जनवरी १ बाट विश्वभरका अफिसियल तेक्वान्दो प्रतियोगितामा लागु हुनेछ । एसियन रिजनमा परिवर्तित नियम जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा पनि लागु हुने जनाइएको छ ।

सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स (टीडी) पनि हुन् । उनले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, भारतलगायतका देशमा आयोजना भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

यसैगरी अजरबैजानमा आयोजना भएको ग्योरोगीको वल्र्ड च्याम्पियनसिपलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेका छन् । बब्बु तेक्वान्दोको अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक पनि हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More