― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsरुपन्देहीबाट चितवन फर्किए लामिछाने – KhabarHost

रुपन्देहीबाट चितवन फर्किए लामिछाने – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही अदालतमा कागजी प्रक्रिया पूरा गरेर चितवन फर्किएका छन्।

४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही अदालतमा कागजी प्रक्रिया पूरा गरेर चितवन फर्किएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेलगत्तै चितवनतर्फ लागेको नेता गणेश पराजुलीले जानकारी दिए ।

काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका थिए ।

उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, उनी आफैँले जेल सरुवा मागेर ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।

बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन्





Read More