― Advertisement ―

‘म पक्का छु कि वास्तवमा हामीले वास्तवमा पाँच दिन काम गर्नुपर्दैन’ जुमका सीईओले परम्परागत कार्य तालिकाको अन्त्यको लागि आह्वान गरे – भन्छन् कि 3-दिनको...

"म एरिक युआन पाँच दिन काम गर्छु घोषणा गर्दछहामीले पाँच वर्ष भित्र तीन-दिनको काम गर्ने हप्तालाई सामान्य बन्न देख्न सक्छौंजुमको हाइब्रिड कार्य नीतिहरू पनि...
HomeLatest newsनिर्माणाधीन भरतपुर सिटी हलको निरीक्षणमा शहरी विकास मन्त्री

निर्माणाधीन भरतपुर सिटी हलको निरीक्षणमा शहरी विकास मन्त्री


राष्ट्रिय

समाचार.

  • शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन भरतपुर सिटी हलको निरीक्षण गरेका छन्।
  • सिटी हलको छाना डिजाइनमा समस्या आएपछि डेढ वर्ष निर्माण कार्य अवरुद्ध भएको थियो।
  • निर्माण कार्यको समयावधि २०८३ असार ११ सम्म थप गरिएको छ र २ हजार क्षमताको मुख्य हल हुनेछ।

४ पुस, काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले भरतपुर चितवनस्थित निर्माणाधीन भरतपुर सिटी हलको शुक्रबार साँझ निरीक्षण गरेका छन् ।

२०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सिटी हल निर्माण कार्य सुस्त भएको पाइएपछि निर्माणाधीन हलको निरीक्षण गरेका हुन् ।

हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त सिटी हलको रुफ (छाना)को डिजाइनमा समस्या आएका कारण निर्माण कार्य करिब डेढ वर्ष अवरुद्ध भएको थियो । हाल रुफ(छाना)को संशोधित डिजाइन स्वीकृत भइसकेपछि निर्माण कार्य सुचारु भएको छ ।

निर्माण कार्यको समयावधि संशोधन गरी २०८३ असार ११ सम्म थप गरिएको छ । निर्माण सम्झौता  ८७ करोड ८८ लाख रहेको सिटी हलमा २ हजार जना क्षमताको मुख्य हल र ३०० क्षमताको सहायक हल सहित ७ वटा ब्लक रहनेछन् ।

मन्त्री घिसिङले मुख्य रुपमा रुफ संरचनाको डिजाइनमा भएको त्रुटीका कारण ढिला भएको पाइएको बताए । उनले सिटी हलको रुफ (छाना) संरचनाको निर्माण सँगसँगै अन्य संरचना निर्माणको कार्य पनि छिटो गर्न निर्देशन दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More