― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsसभागृहमा नगरकोटीको कवि अवतार – KhabarHost

सभागृहमा नगरकोटीको कवि अवतार – KhabarHost


राष्ट्रिय

समाचार.

  • कुमार नगरकोटीले १० पुसमा राष्ट्रिय सभागृह हलमा ‘यदाकदा’ सांगीतिक काव्यसन्ध्या कार्यक्रम गर्नेछन्।
  • कार्यक्रममा युवा संगीतकार अनुप तिमिल्सिनाले नगरकोटीका दर्जन बढी कविता र गीत प्रस्तुत गर्नेछन्।
  • नगरकोटीले कवितासँग सम्बन्धित सम्झना साझा गर्ने र कन्सर्टको रिहर्सल बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा भइरहेको छ।

३ पुस, काठमाडौं । कुमार नगरकोटी भन्नेबित्तिकै धेरैको मनमा अफबिट जीवन बाँच्ने, त्यस्तै लेख्ने साहित्यिक प्रतिभाको चित्र बन्छ । कतिले उनलाई फिक्सन डिजाइनर भनी बोलाउने गर्छन् ।

खासमा नगरकोटीको साहित्य यात्रा सुरु भएको थियो कवितामार्फत् । ५० को दशकमा नै उनी बेजोड कविताहरूमार्फत् आफ्नै पाठक समुदाय बनाइरहेका थिए । बिस्तारै उनी कथा, संस्मरण, उपन्यास हुँदै ग्राफिक नोभल तर्फसमेत लेख्न अघि सरे ।

नेपाली साहित्यमा नगरकोटीको अर्कै विधा छ । उनी चल्तीको गोरेटोमा भेटिँदैनन् ।

दर्जनभन्दा बढी कृति लेखिसकेका नगरकोटी अब आफ्ना नयाँ पुराना कवितासहित १० पुसमा राजधानीमा देखा पर्नेछन् । राष्ट्रिय सभागृह हलमा नगरकोटीलाई संगीतमा युवा संगीतकार अनुप तिमिल्सिनाले सुमधुर साथ दिनेछन् ।

‘यदाकदा’ सांगीतिक काव्यसन्ध्या नाम दिइएको उक्त कार्यक्रममा नगरकोटीले आफ्ना दर्जन बढी कविता, तिनको रचनागर्भ सुनाउने छन् । उनका चर्चित कविताहरू सहित गीतहरूको अलग्गै शृंखला जम्ने छ ।

कहिलेकाहीँ घरमा हुन्छु, खर्पनमा बोकी हिँड्छु, लगायतका गीतको प्रस्तुति अनुप तिमिल्सिनाले गर्ने आयोजकले जानकारी दिएको छ ।

‘यदाकदा’को रिहर्सल विगत तीन सातादेखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा चलिरहेको छ।  टिकट इसेवा र थुप्रै डिजिटल प्लेटफर्ममार्फत बिक्री भइरहेको छ ।

नगरकोटीले आफू यो काव्यसन्ध्याप्रति एकदमै उत्सुक रहेको बताएका छन् । कन्सर्टको रिहर्सलका क्रममा आफू संगीतकार अनुपसँग आर्यघाट पुगेको सम्झना साझा गर्दै उनले भनेका छन्, ‘नयाँ कविता बोहेमियन खानाबदोशको रिहर्सल आर्यघाटमा गर्न मन लाग्यो, यलम्बर बाजासँगै अनुपको साथमा ।’

उनले अरू कविताहरूको पनि यसैगरी सम्झना साझा गर्ने बताएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More