― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsपर्वतको कारागार कार्यालय प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्वतको कारागार कार्यालय प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा


राष्ट्रिय

समाचार.

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतस्थित कुश्मा कारागार कार्यालयका प्रमुख शिला श्रेष्ठसहित पाँचजनाविरुद्ध २१ लाख ५५ हजार ७३५ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • मुद्दा दायर भएका अन्यमा बोलपत्र मूल्यांकन समितिका सदस्य विकास अधिकारी, नायब सुब्बा हरिकृष्ण शर्मा, सह–लेखापाल सुभास घर्ती र प्रोपाइटर प्रदिप तिमिल्सिना छन्।
  • कारागार भान्साघर निर्माणको निकासा रकममा अनियमितता भएको उजुरीपछि अख्तियारले अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

३ पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतस्थित कुश्मा कारागार कार्यालयका प्रमुख तथा मूल्यांकन समितिका अध्यक्ष शिला श्रेष्ठसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले २१ लाख ५५ हजार ७३५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा बोलपत्र मूल्यांकन समितिका सदस्यहरू सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकास अधिकारी, कारागार कार्यालय कुश्माका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रणको कार्यालय, पर्वतका सह–लेखापाल सुभास घर्ती छन् ।

यस्तै, मोदीकाली कन्स्ट्रक्सन मोदी –६ पर्वतका प्रोपाइटर प्रदिप तिमिल्सिनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

पर्वत कारागार कार्यालयका प्रमुख, इन्जिनियर र निर्माण व्यवसायी समेतको मिलेमतोमा कारागारको भान्साघर निर्माणको लागि निकासा भएको रकम अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले मिलोमतोमा २१ लाख ५५ हजार ७३५ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर गरिएको मुद्दामा उनीहरूसँग २१ लाख ५५ हजार ७३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

 





Read More