― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsसमय घर्कियो, दुई दर्जन क्षेत्रले पठाएनन् नाम – KhabarHost

समय घर्कियो, दुई दर्जन क्षेत्रले पठाएनन् नाम – KhabarHost



२ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम पठाउन मंसिर मसान्तको डेडलाइन तोकेको थियो । तर केही जिल्लाहरूले अझै आकांक्षीको नाम सिफारिस गर्न सकेका छैनन् ।

केन्द्रले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूबाट आकांक्षीको नाम केन्द्रमा बुझाउन समय तोके पनि विभिन्न जिल्लाका दुई दर्जन क्षेत्रबाट नाम सिफारिस भएको छैन ।

तोकिएको मिति भित्र उम्मेदवार सिफारिस नगर्नेमा कोशी प्रदेशको खोटाङ, मधेश प्रदेशको सप्तरी, महोत्तरी, रौतहट र बारा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका गुल्मी र अर्घाखाँचीबाट उम्मेदवारको नाम सिफारिस भएको छैन ।

मधेश प्रदेशका सप्तरी र महोत्तरीका कुनै पनि क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छैनन् । यी जिल्लाहरूमा चार-चार निर्वाचन क्षेत्र छन् । चार-चार निर्वाचन क्षेत्र भएका रौतहटबाट १, ३ र ४ तथा बाराबाट १ र २ नम्बर क्षेत्रले पनि उम्मेदवार सिफारिस गरेका छैनन् ।

यस्तै दुई-दुई क्षेत्र भएका मकवानपुर र गुल्मीका क्षेत्रीय कार्यसमितिहरू तथा एक मात्र निर्वाचन क्षेत्र भएका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँचीका जिल्ला कार्यसमितिबाट आकांक्षीको नाम सिफारिस भएको छैन ।

दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय कार्यसमितिहरू र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला कार्यसमितिहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका आकांक्षीहरूको नाम नपठाएपछि प्रदेश कार्यसमितिलाई केन्द्रले तोकेको मंसिर मसान्तको डेडलाइन सकिएको छ ।

अघिल्लो निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै अनुशासनका कारबाहीमा परेका जिल्ला नेतृत्वका कारणदेखि कांग्रेसका देखिँदै आएको गुटगत राजनीतिका कारण सहमति नजुट्दा केन्द्रको समयसीमा सकिएको हो ।

गत निर्वाचनमा पार्टीले अघि सारेका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा जिल्ला सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेपछि खोटाङबाट उम्मेदवार सिफारिस हुन ढिलाइ भएको हो ।

‘म खोटाङको सभापति हुँ । ममाथि अनुशासनको कारबाही गरिएको छ । पार्टीले कसैलाई कार्यवाहक पनि दिएको छैन,’ राईले भने, ‘न सभापति छ, न कार्यवाहक नै छ । कसले जिल्लाको नेतृत्व गर्ने भन्ने अन्योलले सिफारिसमा ढिलाइ भएको हो ।’

कारबाहीमा परेका जिल्ला सभापति राईले केही दिनमै आफूमाथिको कारबाही फुकुवा हुने र त्यसपछि मात्रै खोटाङबाट उम्मेदवार सिफारिस हुने प्रतिक्रिया दिए । ‘फुकुवा तीन’चार दिनमा हुनेवाला छ । त्यसपछि खोटाङबाट उम्मेदवारहरू सिफारिस हुन्छन्,’ उनले भने ।

कांग्रेस सप्तरीका सभापति रामदेव शाहले आज (बुधबार) क्षेत्रीय कार्यसमितिहरूबाट नाम आउने र जिल्ला कार्यसमितिले आजै प्रदेश कार्यसमितिसमक्ष सिफारिस गर्ने प्रतिक्रिया दिए । ‘एक-दुई क्षेत्रको बाँकी थियो । आज नामहरू सिफारिस भएर आउँछन् । आजै सिफारिस गर्दैछु ।’

सभापति शाहले आन्तरिक विवादका कारण सप्तरीबाट आकांक्षीहरूको नाम सिफारिसमा ढिलाइ भएको बताए । ‘नाम आउन ढिलाइ भयो । विवादले ढिलाइ भएको हो,’ उनले भने, ‘कांग्रेस हो नि, विवाद त भइहाल्छ, आकांक्षीहरू मेरो नाम सिफारिस गर भन्छन् ।’

कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले जिल्लामा सहमति नहुँदा गुल्मी र अर्घाखाँचीबाट आकांक्षीहरूको सिफारिस हुन नसकेको जानकारी आफूले पाएको प्रतिक्रया दिए । ‘दुई जिल्लामा सहमति हुन नसकेर सिफारिस नभएको भन्ने कुरा आएको छ,’ उनले भने ।

प्रदेश सभापति पुनले बर्दियाका दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएका आकांक्षीको नाम जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई बुझाउन बाँकी रहेको पनि जानकारी दिए ।

कांग्रेसले सातवटै प्रदेश कार्यसमितिलाई प्रत्यक्षतर्फ जिल्ला कार्यसमितिबाट प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन परिपत्रमार्फत निर्देशन दिएको थियो ।

यस्तै प्रदेश कार्यसमितिहरूलाई आगामी ११ माघमा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न विधान बमोजिमको काम गर्न भनिएको थियो । राष्ट्रिय सभा निर्वाचनका लागि पनि डेडलाइन मंसिर मसान्त तोकिएको थियो ।

कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूलाई प्रत्यक्षका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम २३ मंसिरभित्र जिल्ला कार्यसमितिमा पठाउन भनेको थियो ।

पार्टीले गरेको परिपत्रअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी जिल्ला कार्यसमितिलाई २५ मंसिरभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्ने उल्लेख थियो ।

यस्तै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रक्रिया पुर्‍याएर बैठक बसी आफ्नो रायसमेत उल्लेख गरेर जिल्ला कार्यसमितिले २५ मंसिरभित्र उम्मेदवारको नाम प्रदेश कार्यसमितिमा पठाउनुपर्ने परिपत्रमा भनिएको थियो ।

परिपत्रमा मातहतलाई ‘प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न’ स्पष्ट निर्देशन गरिएको थियो ।

तर, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरू धमाधम केन्द्रले निर्धारण गरेको मापदण्ड मिचेर उम्मेदवार सिफारिस गरिरहेका छन् । केन्द्रले प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जनालाई सिफारिस गर्न भने पनि कतै नेताहरू एकल सिफारिसमा परेका छन् भने कुनै क्षेत्रले तीनभन्दा बढी आकांक्षीको नाम सिफारिस गरेका छन् ।

समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न केन्द्रले दिएको निर्देशन क्षेत्रीय कार्यसमितिहरूले उल्लंघन गरेका छन् ।

कांग्रेसले गरेको परिपत्रमा ‘उम्मेदवारको नाम सिफारिस गर्दा विशेष ध्यान दिनुपर्ने विषयहरू’ उपशीर्षक दिएर १० बुँदे निर्देशन उल्लेख थियो । जसको पाँचौं बुँदामा भनिएको छ, ‘तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइने छैन ।’ तर क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरूले केन्द्रको मापदण्ड मिचेर उम्मेदवार सिफारिस गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More