― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsसरकारको आम्दानी र खर्चबीच डेढ खर्बको खाडल – KhabarHost

सरकारको आम्दानी र खर्चबीच डेढ खर्बको खाडल – KhabarHost


राष्ट्रिय

समाचार.

  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सरकारले १ खर्ब ४९ अर्ब ५५ करोड रुपैयाँ बराबर खर्च र आम्दानीबीच खाडल देखिएको छ।
  • मंसिर मसान्तसम्म सरकारले ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ भने ५ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ।
  • राजस्व संकलन लक्ष्यभन्दा ७८.७४ प्रतिशत मात्रै भएको छ र आयकर संकलन लक्ष्यको ६६.४४ प्रतिशतमा सीमित भएको छ।

१ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सरकारको आम्दानी र खर्चबीच डेढ खर्ब रुपैयाँ बराबर खाडल देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा चालु, पूँजीगत र वित्तीय व्यवस्थामा ५ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ ।

कार्यालयका अनुसार यस अनुसार सरकारको खर्च र आम्दानीबीच १ खर्ब ४९ अर्ब ५५ करोड ८५ लाख बराबर अपुग रहेको देखिन्छ । अपुग रकमका लागि सरकारले सार्वजनिक ऋण लिने गर्छ ।

कतिसम्म भने सार्वजनिक ऋण भुक्तानीका लागि नै थप ऋण लिनुपर्ने बाध्यता सरकारसँग छ । सरकारको राजस्व आम्दानीले मुस्किलले चालु खर्चमात्र धान्न सक्ने अवस्था देखिन्छ । मंसिरसम्म सरकारले राजस्वबाट ४ खर्ब ६ अर्ब ३० करोड आम्दानी गरेको छ ।

पूँजीगत खर्च पुन: कछुवा गतिमा

चालु आव पहिलो पाँच महिना चलिरहँदा पनि पूँजीगत खर्चको गति भने सुस्त छ । महालेखाका अनुसार मंसिर मसान्तसम्म सरकारले ३३ अर्ब ८७ करोडमात्र पूँजीगत खर्च गर्न सकेको छ । जुन वार्षिक लक्ष्यको ८.३ प्रतिशतमात्र हो ।

यस वर्ष सरकारले कुल १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये पूँजीगत बजेट ४ खर्ब ७ अर्ब ८८ करोड छ ।

चालु खर्च भने लक्ष्यको ३३.७ प्रतिशत भइसकेको छ । यस वर्ष चालु प्रकृतिको बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरिएको थियो । यसमध्ये मंसिर मसान्तसम्म ३ खर्ब ९८ अर्ब खर्च भइसकेको तथ्यांकले देखाउँछ ।

वित्तीय व्यवस्थातर्फ १ खर्ब ३२ अर्ब खर्च भइसकेको छ । यो लक्ष्यको ३५.३२ प्रतिशत हो । यस वर्ष सरकारले वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब विनियोजन गरेको छ । मंसिरसम्म भएको कुल बजेट खर्च लक्ष्यको २८.७४ प्रतिशत हो ।

राजस्व संकलन लक्ष्यभन्दा धेरै पछाडि  

अर्थ मन्त्रालयका अनुसार चालु आव मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिना अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व संकलन लक्ष्य लिएको थियो । तर, लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।

मंसिरमा मात्रै ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८० अर्ब २७ करोड संकलन भएको छ । मंसिरमा संकलन भएको राजस्व लक्ष्यको ८४.३१ प्रतिशत हो । यो पूरै आव सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य लिएको छ ।

गत आव पाँच महिना अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड  राजस्व संकलन गरेको थियो । समीक्षा अवधिमा राजस्व संकलन करिब ४ अर्ब मात्रै बढेको छ । गत आव पाँच महिनामा लक्ष्यको ८१.९ प्रतिशत राजस्व संकलन भएको थियो ।

आयकरमा ठूलो अन्तर

अर्थ मन्त्रालयका अनुसार भन्सार महसुल लक्ष्यको ७७.०९ प्रतिशतमात्र उठेको छ । यस अवधिमा १ खर्ब २२ अर्बको भन्सार महसुल उठ्ने अनुमान गरिएको थियो । संकलन भने ९४ अर्ब ५ करोडमात्र भएको छ ।

त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) १ खर्ब ५४ अर्ब उठ्ने लक्ष्य राखिएको थियो । संकलन १ खर्ब ३५ अर्बमात्र भएको छ । जुन लक्ष्यको ८७.५८ प्रतिशत हाराहारी हो ।

अन्त:शुल्क ८४ अर्ब ३० करोड उठ्ने लक्ष्य राखिएकोमा संकलन ७६ अर्ब ६ करोड भएको छ । जुन लक्ष्यको ९०.२२ प्रतिशत हो । आयकर १ खर्ब ११ अर्ब ७८ करोड उठ्ने लक्ष्य रहेकोमा ७४ अर्ब २६ करोडमात्र संकलन भएको छ । जुन लक्ष्यको ६६.४४ प्रतिशतमात्र हो । आयकरमा सबैभन्दा ठूलो अन्तर देखिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More