― Advertisement ―

माइक्रोसफ्टका सह-संस्थापक र पूर्व सीईओ बिल गेट्सद्वारा दिनको उद्धरण: ‘हामी सधैं अर्को दुई वर्षमा हुने परिवर्तनलाई अतिआंकलन गर्छौं र दसमा हुने परिवर्तनलाई कम आँकलन...

बिल गेट्स एक स्ट्यान्ड-आउट टेक्नोलोजी अग्रगामीहरू मध्ये एक हुन्, र उनले धेरै वर्षको लागि माइक्रोसॉफ्ट। जब नयाँ प्रविधिहरू देखा पर्छन्, यो उत्साहित हुनु सामान्य...
HomeLatest newsबढ्यो पेट्रोलको मूल्य, डिजल र मट्टीतेलको घट्यो – KhabarHost

बढ्यो पेट्रोलको मूल्य, डिजल र मट्टीतेलको घट्यो – KhabarHost



२९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।

डिजल र मट्टीतेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ घटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

निगमले ढुवानी लागत अनुसार देशका विभिन्न भागलाई तीन वर्ग कायम गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ ।

समायोजन गरिएको नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजल/मट्टीतेल प्रतिलिटिर १३९ रुपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर अब १६२ रुपैयाँ कायम भएको छ डिजल/मट्टीतेल १४१ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजल/मट्टीतेल १४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More