― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsनेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन कोरियासँग आग्रह

नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन कोरियासँग आग्रह



२९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले कोरियाली लगानीकर्तासँग नेपालको ऊर्जा क्षेत्रको विकासका लागि साझेदारी गर्न नेपाल सरकार तयार रहेको बताएका छन् ।

काठमाडौंमा सोमबार सम्पन्न ‘नेपाल कोरिया ऊर्जा सेमिनार-२०२५’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सचिव चटौतले नेपाल र कोरियाबीच व्यपार सम्झौता, संयुक्त उद्यम, श्रम सहयोग, उपलव्ध  स्रोतहरूको सही परिचालन गरेर लाभ लिन सक्ने बताए ।

दुई देशबीचको अर्ध शताब्दीभन्दा लामो सहकार्यको स्मरण गराउँदै भविष्यमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा थप कोरियाली लगानीले सार्थकता पाउने खुलाए ।

उनले आगामी दिनहरूमा नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा थप कोरियाली लगानी आकर्षित गर्नका लागि कोरिया सरकारसँग अपेक्षा राखे।

कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले कोरिया सरकारले नेपालको विकास र समृद्धिको यात्राको सहकार्य ५० वर्षभन्दा लामो रहेको धारणा व्यक्त गरे ।

दुई देशबीचको आपसी सहकार्य  आवश्यकताको आधारमा रहेको उनले खुलाए । कोरियाली लगानीकर्ताले नेपालको ऊर्जा क्षेत्रमा साझेदारीका रूपमा तीनवटा जलविद्युत् आयोजना निर्माण गरेको उल्लेख गरे ।

उनले ऊर्जा क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्यको प्रचुर सम्भावना रहेको खुलाउँदै आयोजित सेमिनारलाई ऊर्जा क्षेत्रका कम्पनीहरूबीच एकअर्काको आवश्यकता बुझ्न र भविष्यका परियोजनाहरूको सम्भावनाको बारेमा ज्ञान लिन तथा अन्वेषण गर्ने अवसरको रूपमा सदुपयोग हुने बताए ।

सेमिनारमा, कोरियाली कम्पनीहरूले नेपालको ऊर्जा क्षेत्रमा सहकार्यका सम्भावना तथा चुनौतीका बारेमा आआफ्नो धारणा राखेका थिए ।

सेमिनारमा नेपालका ऊर्जा क्षेत्रका लगानी कर्ता, कोरियाली ऊर्जा क्षेत्रका लगानीकर्ता लगायतको सहभागिता रहेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More