― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsरोमान्टिक फोटो सेयर गर्दै साकारले खुलाए दीक्षितासँगको प्रेम सम्बन्ध

रोमान्टिक फोटो सेयर गर्दै साकारले खुलाए दीक्षितासँगको प्रेम सम्बन्ध


राष्ट्रिय

समाचार.

  • जेनजी पुस्ताका चर्चित र्‍यापर साकार र गायिका दीक्षिता कार्कीको गीत ‘अहिले भेट्न आऊ’ ले युट्युबमा १० लाख भ्यूज प्राप्त गरेको छ।
  • साकारले दीक्षितासँगको रिलेसनसिपलाई औपचारिकता दिएको र एक वर्षको सम्बन्ध भएको पुष्टि गरेका छन्।
  • साकारले ‘हाम्रो गीत अहिले भेट्न आऊलाई १० लाख पटक हेरियो र एकवर्षको साथ’ भन्दै प्रशंसकलाई धन्यवाद दिएका छन्।

काठमाडौं । जेनजी पुस्ताका चर्चित र्‍यापर साकार र गायिका दीक्षिता कार्कीका लागि सोमबार उत्साहप्रद दिन रह्यो । उनीहरूको पछिल्लो सांगीतिक सहकार्य ‘अहिले भेट्न आऊ’ ले युट्युबमा १० लाख भ्यूज प्राप्त गर्‍यो ।

यो खुसीमा साकारले प्रशंसकले लामो समयदेखि सुन्न चाहिरहेको अर्को घोषणा पनि गरे । त्यो हो- दीक्षितासँगको रिलेसनसिपलाई औपचारिकता । दीक्षितासँगको रोमान्टिक फोटो सेयर गर्दै साकारले १ मिलियन भ्यूज र आफूहरूको सम्बन्धले १ वर्ष पुगेको भन्दै प्रशंसकसँग खुसी बाँडेका छन् ।

एकवर्ष यता यी दुईजना सम्बन्धमा छन् भन्ने कुरा थाहा पाउन उनीहरूको लगातारको सोसल मिडिया पोस्ट नै काफी थियो । तर, रिलेसिनसिपबारे खुलेर बोलेका थिएनन् । तर, साकार स्वयमले सोमबार यस कुराको पुष्टि गरेका छन् ।

उनी लेख्छन्, ‘हाम्रो गीत अहिले भेट्न आऊलाई १० लाख पटक हेरियो र एकवर्षको साथ । धन्यवाद युनिभर्स ।’





Read More