― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsअमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना गम्भीर घाइते

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना गम्भीर घाइते


राष्ट्रिय

समाचार.

  • अमेरिकाको रोड आइल्याण्डस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ र आठ जना गम्भीर घाइते भएका छन्।
  • घटना शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो र गोली चलाउने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।
  • ब्राउन युनिभर्सिटी आसपासका क्षेत्रमा मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ र अमेरिकी राष्ट्रपति ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ।

२८ मंसिर, काठमाडौं। अमेरिकाको रोड आइल्याण्ड राज्यमा अवस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । आठ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो । गोली चलाउने व्यक्ति फरार छन् । कालो कपडा लगाएका ती व्यक्ति पैदलै भागेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ ।

प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो तर गोली काण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ ।

ब्राउन युनिभर्सिटी र सो आसपासका क्षेत्रमा रहेका मानिसहरुलाई घर बाहिर ननिस्किन भनिएको छ ।

यस घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।





Read More