― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsनेतृत्व चयन प्रक्रियामा अघि बढ्यो एमाले, भृकुटीमण्डपमा बन्दसत्र

नेतृत्व चयन प्रक्रियामा अघि बढ्यो एमाले, भृकुटीमण्डपमा बन्दसत्र


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुँदैछ।
  • २ हजार २६२ जना प्रतिनिधिहरुले २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् जसमा अध्यक्ष, महासचिव, उपाध्यक्ष र सचिव पदहरू छन्।
  • नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् र सहमतिमा नभए विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिने एमालेले जनाएको छ।

२८ मंसिर, काठमाडौं। नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । बन्दसत्र बिहान आठ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरु सहभागी हुँदैछन् । उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।

हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन उदघाटन भएको थियो । विधान महाधिवेशन गत भदौमै सम्पन्न गरिसकेकाले आजबाट एमाले सिधै नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो ।

नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् । सकेसम्म सहमतिमा, सहमति नभए मतदान प्रक्रियामार्फत् भए पनि नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ ।





Read More