― Advertisement ―

ExpressVPN ले आफ्नो डेस्कटप एपहरूलाई दृश्य परिवर्तन र AI मा ठूलो धक्का दिन्छ

यसको विन्डोजको p42V संस्करण, एक्सप्रेस, 02 मा एक्सप्रेस। र लिनक्स एपहरू,अद्यावधिकले एपलाई पूर्वनिर्धारित रूपमा कम्प्याक्ट मोडमा खोल्छ, क्लिनर लुकको साथनयाँ MCP सर्भरले AI कोडिङ...
HomeLatest newsएनपीएलको उपाधि चुमेसँगै लुम्बिनीको खुसी साटासाट (तस्वीरहरू)

एनपीएलको उपाधि चुमेसँगै लुम्बिनीको खुसी साटासाट (तस्वीरहरू)



२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

उपाधिसँगै लुम्बिनीका खेलाडीहरूले त्रिवि रंगशालामा खुसी साटासाट गरे ।

प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भए । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए ।

यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने । उनले पनि पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।

 

 

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More