― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest news१०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने एमाले मञ्च (भिडियो टूर)

१०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने एमाले मञ्च (भिडियो टूर)


राष्ट्रिय

समाचार.

  • एमालेले भक्तपुर सल्लाघारीमा १०८ रोपनीमा फैलिएको क्षेत्रमा ११औँ महाधिवेशन उद्घाटनस्थलको मञ्च निर्माण गरेको छ।
  • मञ्चमा विश्व सम्पदा सूचीको चाँगुनारायण मन्दिरको झल्को दिने डिजाइन गरिएको छ र काठमाडौं उपत्यकाका तीन शहरका ऐतिहासिक सम्पदा समेटिएको छ।
  • एमालेले उद्घाटनमा तीन लाखभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने र १५ हजारको हाराहारीमा चियर राख्ने योजना बनाएको छ।

२६ मंसिर, काठमाडौं । दायाँबायाँ शंख, चक्र, घन्ट अनि बीचमा मन्दिर । झट्ट हेर्दा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर जस्तै देखिन्छ ।

मन्दिरको अगाडिपट्टि धरहरा ठडिएको छ भने वरिपरि काठमाडौं उपत्यकाको प्राचीन सम्पदा झल्किने विभिन्न आकृति सजाइएको छ ।

भक्तपुरको सल्लाघारीस्थित एमालेको ११औँ महाधिवेशन उद्घाटनस्थलको दृश्य हो यो । जहाँ बनाइँदैछ, महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च ।

मञ्च व्यवस्थापनमा खटिएका एमाले भक्तपुर अध्यक्ष वचन देउजाका अनुसार मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आज साँझसम्म सबै काम सक्ने तयारी छ ।

‘एमाले महाधिवेशनको जति चर्चा हुन्छ, त्यो भन्दा आकर्षणको केन्द्रमा मञ्च रहने गरेको छ । यो वर्ष पनि त्यस्तै छ,’ उनले भने, ‘पृष्ठभूमिमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर छ । मन्दिरमै गए जस्तो हुन्छ ।’

भक्तपुरको सल्लाघारीमा १०८ रोपनी जग्गामा फैलिएको चौरमा एमालेले उद्घाटनस्थल बनाएको हो । ‘उद्घाटनस्थललाई साजसज्जा गर्ने काम भइरहेको छ । राम्रो बनाउन कुनै कसर बाँकी राखिएको छैन,’ अध्यक्ष देउजाले भने, ‘आधुनिक वस्तु प्रयोग गरेर प्राचीन झल्को दिने मञ्च बनेको छ ।’

उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका जीवनशैलीदेखि कला, संस्कृति र सम्पदा समेटिएको छ ।

‘पर्खालमा काठमाडौं उपत्यकाका तीनवटै शहरका ऐतिहासिक सम्पदालाई राखिएको छ । समाज आधुनिकतर्फ अगाडि बढे पनि प्राचीन सम्पदा जोगाउन र प्रबर्द्धन गर्न यस्तो मञ्च बनाएका हौँ,’ उनले भने ।

वचन देउजा, अध्यक्ष/एमाले भक्तपुर

देशभरबाट आएका नेता/कार्यकर्ता र प्रतिनिधिलाई उपत्यका चिनाउन यसरी मञ्च बनाइएको बताउँछन् देउजा । एक दिनअघि नै मञ्च बनाएर सर्वसाधरणको लागि समेत खुला गर्ने योजना एमालेको थियो । तर अझै अन्तिम चरणको काम भइरहेकाले उद्घाटनअघि स्थानीयले अवलोकन गर्न नपाउने भएका छन् ।

‘समय अभाव भयो । एक दिनअघि नै सकिएको भए सर्वसाधरणको लागि खुला गर्ने सोच थियो,’ उनले भने ।

तर, मञ्च सर्वसाधनरणको ध्यान खिच्ने गरी बनाइएको देउजाको दाबी छ । साउन्ड सिस्टम पनि सोहीअनुसार तयार गरिएको छ ।

‘मञ्चको दुईतिरबाट ठूलो भिजुअल हेर्न सकिन्छ,’ उनले भने । यो मञ्चस्थलमा तीन लाख बढी नेता तथा कार्यकर्ता उतार्ने तयारी एमालेको छ । १५ हजारको हाराहारीमा चियर राख्ने योजना छ ।

अध्यक्ष देउजाका अनुसार उद्घाटन प्रविधि मैत्री हुनेछ । कस्तो हुन्छ भन्ने कुरा गोप्य राखिएको छ । ‘उद्घाटन कसरी गर्ने सार्वजनिक गरिएको छैन । तय गर्न बाँकी छ । बेलुकासम्म हुन्छ,’ उनले भने ।

उद्घाटन सत्रमा सडकमा सवारी आवागमनमा असर नपर्ने गरी मञ्च बनाइएको एमालेले जनाएको छ । अघिल्लो महाधिवेशनमा चितवनमा ट्राफिक व्यवस्थापन असहज भएको थियो ।

‘यसपटक सर्वसाधारणको सवारीमा समस्या नपरोस् भनेर उद्घाटनस्थल यहाँ बनाएका हौँ । महाधिवेशनमा आएका गाडी जगाती र राधेराधेमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

गाडी पार्किङ पनि प्रविधिमैत्री बनाइएको छ । ‘गाडी पार्किङ गर्न क्यूआर कोडसहित ठाउँ तोकिएको छ,’ देउजाले भने ।

सुरक्षाको प्रबन्ध पनि चुस्त बनाइएको छ । ‘सबै सुरक्षा निकायमा समन्वय भएको छ,’ उनले भने ।

उद्घाटनलाई व्यवस्थित गर्न एमालेले स्वयंसेवक खटाउने छ । शनिबार ११ बजे उद्घाटनका लागि नेता तथा कार्यकर्ता सल्लाघारी पुग्नेछन् । दिउँसो ४ बजेभित्र उद्घाटन सत्रको सबै काम सक्ने योजना एमालेको छ ।

फोटो/भिडियो : शंकर गिरी र कमल प्रसाईं/अनलाइनखबर

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More