― Advertisement ―

HomeLatest newsदुःख गर्ने कालु, मकै खाने भालु – KhabarHost

दुःख गर्ने कालु, मकै खाने भालु – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली संगीत क्षेत्रमा कलाकारले पारिश्रमिक नपाउनु र श्रम शोषण हुनु नयाँ कुरा होइन।
  • अञ्जु पन्तले नाम चलेका एकजना महासयले पाँच महिना पारिश्रमिक नदिएको गुनासो सामाजिक सञ्जालमा लेखिन्।
  • एलिना चौहानले कलाकारको मेहनतको पैसा खाएर भुँडी फुलाउनेहरू बाहिर आउनुपर्ने बताइन्।

काठमाडौं । नेपाली संगीत क्षेत्रमा कलाकारले पारिश्रमिक नपाउनु, श्रम शोषण हुने कुरा नौलो होइन । यो प्रवृत्तिले धेरै कलाकारलाई आजित तुल्याइसकेको छ ।

काम गरेर पारिश्रमिक नपाउने समस्यालाई कलाकारले सामाजिक सञ्जालमार्फत बेला-बेलामा लेख्दै र बोल्दै आएका छन् । नाम चलेका कलाकार पनि यसबाट पीडित छन् ।

अञ्जु पन्त र एलिना चौहानले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

पन्त लेख्छिन्, ‘(फटाहा) नेपालको संगीत क्षेत्रमा नाम चलेका एकजना महासयले १५ दिनमा दिन्छु भनेर लगेको मेरो पैसा भोली दिन्छु, पर्सी दिन्छु भन्दै भाका राख्दा राख्दै ५ महिना कटिसक्यो । अझै भाका राख्न छोडेका छैनन् । आजपनि भाका नै राखेका छन् । अब के गरौँ, नाम, फोटो भिडियो सार्बजनिक गरि कानुनी कारवाहीमा जानैपर्ने बाध्य होला जस्तो छ । त्यो अवस्था नआओस् । के भन्नुहुन्छ तपार्इंहरू ?’

एलिना चौहान लेख्छिन्, ‘कलाकारको दुःख, मेहनतको पैसा बीचमै खाएर भुँडी फुलाउनेहरू बाहिर आउनुपर्छ । दुःख गर्ने कालु, मकै खाने भालु ।’

यसअघि केही नृत्य निर्देशक र संगीतकर्मीले पनि पारिश्रमिक नपाएको गुनासो गरिसकेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More