― Advertisement ―

लोवेको वसन्त बिक्री मेमोरियल डे पूर्वावलोकन जस्तै हो — आँगनका फर्निचर, ग्रिल, उपकरण र थपमा ४०% छुट

Lowe's ले एक विशाल 'SpringFest' बिक्री सुरु गरेको छ र बचतहरू धेरै प्रभावशाली छन्, यति धेरै कि यसले मलाई यसको मेमोरियल डे बिक्री। गर्मीको...
HomeLatest newsवरिष्ठ चिकित्सकले अप्रेसन बीचमै छोडे, नाकको अप्रेसन गर्दा आँखा नै गुम्यो 

वरिष्ठ चिकित्सकले अप्रेसन बीचमै छोडे, नाकको अप्रेसन गर्दा आँखा नै गुम्यो 



२१ मंसिर, विराटनगर । वरिष्ठ चिकित्सकले अप्रेसन बीचमा छोडेर हिँड्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको खुलेको छ ।

५ मंसिरमा विराटनगरको नोबेल मेडिकल कलेजमा ७ वर्षीय बालकको नाकभित्र पलाएको मासुको शल्यक्रिया भएको थियो । तर, उपचारको त्रुटिका कारणले गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको छानबिनको क्रममा देखिएको छ ।

उक्त घटनापछि पीडित पक्षले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञ टोलीको गठन गरेको थियो । जसमा वीर अस्पतालका नाक, कान, घाँटी रोग (ईएनटी) विभागीय प्रमुख डा. अनिता जिसी (संयोजक) कोशी अस्पतालका डा. वरुन देव र मोरङ प्रशासनका अधिकृत रामप्रसाद लुइँटेल सदस्य छन् ।

गठित विज्ञ टोलीले गरेको छानबिनका क्रममा उपचारमा संलग्न चिकित्सकबाट ‘त्रुटि’ भएको निष्कर्ष निकालेका छन् ।

समितिका एक सदस्यका अनुसार अनुसन्धान क्रममा अपरेशन गर्दागर्दै वरिष्ठ चिकित्सकले अप्रेसन छाडेर अर्को बिरामी हेर्ने गएको भन्ने देखाएको छ । जेनिशको नाकको शल्यक्रिया डा. प्रज्वल श्रेष्ठको नेतृत्वमा भइरहेको थियो ।

तर, श्रेष्ठले नाकको शल्यक्रिया गर्दा गर्दै उनले छोडेर हिँडेको अनुसन्धानले देखाएको छ ।

छानबिन समितिका एक सदस्यले अनलाइनखबरसँगको बताए अनुसार डा. श्रेष्ठ अर्को इमर्जेन्सी बिरामी हेर्नुपर्‍यो भन्दै बीचमै अप्रेसन छोडेर हिँडेका थिए । त्यसपछि बाँकी शल्यक्रिया कविराज बास्तोलासहितको सहायक टोलीले पूरा गरेको थियो ।

अप्रेसन पूरा नगरी चिकित्सक बाहिर निस्किनु गम्भीर लापरबाही देखिएको छानबिन समितिको निष्कर्ष छ ।

‘डा. प्रज्वल श्रेष्ठले अप्रेसन गर्दागर्दै बीचमा छाडेर अर्को बिरामी जानुभएको रहेछ । त्यसपछि सहायक डाक्टरले टोलीले अप्रेसन गरेको देखिन्छ,’ समितिका एक सदस्य भन्छन्, ‘ सिनियर डाक्टरले नै छोडेर नहिँडेको भए जस्तो घटना हुँदैन थियो हाम्रो निष्कर्ष छ ।’

समितिका सदस्यका अनुसार बिरामीलाई उचित क्षतिपूर्ति गर्न र उपचारमा सम्लग्न गरेका टिमलाई कानुन अनुसार कारबाही गर्न लागि सिफारिस गरेको छ ।

छानबिन समितिले डा. श्रेष्ठ, आँखाका चिकित्सक र उपचारमा समलग्न अन्य डाक्टरसँग लिएको बयान लिएको थियो ।

उक्त बयानमा डा. श्रेष्ठले बीचमा अप्रेसन गर्दा गर्दै अर्को बिरामी हेर्न गएको स्वीकार गरेका छन् ।

समितिका सदस्यका अनुसार बिरामीलाई उचित क्षतिपूर्ति गर्न र उपचारमा सम्लग्न गरेका टिमलाई कानुन अनुसार कारबाही गर्न लागि सिफारिस गरेको छ ।

नाकको दाहिनेपट्टिको प्वालमा मासु पलाएपछि बालकलाई ४ मंसिरमा आफन्तले नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । ५ मंसिरमा उनको अपरेसन भयो । आँखामा समस्या देखिएपछि अपरेसनको भोलिपल्ट नोबेल मेडिकल कलेजले बालकलाई हतारहतार डिस्चार्ज गरेको थियो । नोबेलले डिस्चार्ज गरेपछि बालकलाई आफन्तले विराटनगर आँखा अस्पताल रानीमा भर्ना गरेका थिए ।

विराटनगर आँखा अस्पतालका चिकित्सकले दाहिने आँखाको भित्री भाग ड्यामेज भएका कारण ज्योति नफर्कने मेडिकल रिपोर्ट दिएको थियो ।

घटनापछि बालकका मामाले जिल्ला प्रशासन कार्यालयमा कारबाहीको माग गर्दै जाहेरी दिएका थिए । प्रशासनले छानबिनका लागि स्वास्थ्य मन्त्रालयमा पत्र लेखेको थियो ।

छानबिन समितिले तयार गरेको प्रतिवेदन एक–दुई दिनभित्र स्वास्थ्य मन्त्रालयलाई बुझाउने तयारी छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More