― Advertisement ―

लोवेको वसन्त बिक्री मेमोरियल डे पूर्वावलोकन जस्तै हो — आँगनका फर्निचर, ग्रिल, उपकरण र थपमा ४०% छुट

Lowe's ले एक विशाल 'SpringFest' बिक्री सुरु गरेको छ र बचतहरू धेरै प्रभावशाली छन्, यति धेरै कि यसले मलाई यसको मेमोरियल डे बिक्री। गर्मीको...
HomeLatest newsनागढुंगा-नौबिसे-मलेखु सडक बुधबारदेखि दैनिक ५ घण्टा बन्द हुने

नागढुंगा-नौबिसे-मलेखु सडक बुधबारदेखि दैनिक ५ घण्टा बन्द हुने


राष्ट्रिय

समाचार.

  • नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
  • सडक कालोपत्र र क्षेत्र विस्तारका लागि मंसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म बन्द हुनेछ।
  • अत्यावश्यक सेवा सवारीलाई सहजीकरण गरिने र अन्य सवारीलाई रोक्ने व्यवस्था मिलाइएको छ भने ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

२१ मंसिर, काठमाडौं । नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र र पोखरेभिर क्षेत्र विस्तारका लागि एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात रोक्न लागिएको हो ।

आगामी बुधबारदेखि पाँच दिन दैनिक बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म सडक बन्द हुनेछ ।

अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकाय, दमकल, शववाहनलाई भने सहजीकरण गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

अन्य सवारीसाधनलाई विभिन्न स्थानहरूमा रोक्ने व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीले वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More