― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
Homeबुद्धले फेरि थाल्यो कोलकातामा नियमित उडान, कस्तो छ तालिका ?

बुद्धले फेरि थाल्यो कोलकातामा नियमित उडान, कस्तो छ तालिका ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बुद्ध एयरले कोलकातामा फेरि नियमित उडान सुरु गरेको छ र काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार उडान गर्ने तालिका बनाएको छ।
  • कोलकातास्थित महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपाल र पश्चिम बंगालबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन बुद्ध एयरको सेवाले सहयोग गर्ने बताए।
  • बुद्ध एयरले कोलकाताका लागि सुरुवाती भाडा दर प्रतियात्रु १३ हजार ३ सय ५४ रुपैयाँ तोकेको छ र यो भारतमा दोस्रो नियमित उडान गन्तव्य हो।

२ कात्तिक, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा फेरि नियमित उडान थालेको छ ।

कोलकातास्थित महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपाल उडान उद्घाटन गरे । उनले यस कार्यका लागि बुद्ध एयर र भारत सरकारलाई धन्यवाद दिए ।

‘नेपाल र पश्चिम बंगालको परम्परागत, ऐतिहासिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, व्यापारिक तथा कूटनीतिक सम्बन्ध थप उचाइमा पुर्‍याउन यो सेवाले थप सहयोग पु¥याउने छ,’ उनले भने ।

बुद्धल यसअघि कोलकातामा २७ मे २०१९ (२०७६ साल) मा पहिलो पटक नियमित उडान थालेको थियो । तर, यो उडानलाई निरन्तरता भने दिइएन । बुद्धले पुनः उडान सुरु गरेको हो ।

काठमाडौंदेखि कोलकाता उडान १ घण्टा ३० मिनेटको छ । बुद्धले त्यहाँ आइतबार, मंगलबार र बिहीबार नियमित उडान गर्ने तालिका बनाएको छ ।

बुद्धले कोलकाताका लागि सुरुवाती भाडा दर प्रतियात्रु १३ हजार ३ सय ५४ रुपैयाँ तोकेको छ ।

कोलकाता र नेपालबीच व्यापारिक सम्बन्ध छ । बुद्धको भारतमा यो दोस्रो नियमित उडान हुने गन्तव्य हो । हाल बनारसमा काठमाडौंबाट नियमित उडान हुँदै आएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More