― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
Homeमैत्रीपूर्ण खेलअघि नेपाल आइपुगे कप्तान साबित्रा र पूजा

मैत्रीपूर्ण खेलअघि नेपाल आइपुगे कप्तान साबित्रा र पूजा


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कप्तान साबित्रा भण्डारी र डिफेन्डर पूजा राना २ कात्तिकमा नेपाल आइपुगेका छन्।
  • नेपालले ७ कात्तिकमा इरान र १० कात्तिकमा भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ।
  • नेपालको फुटबल टोलीमा २ जना नयाँ खेलाडी र ३ जना पुनरागमन गरेका खेलाडी छन्।

२ कात्तिक, काठमाडौं । इरान र भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलअघि नेपाली टोलीमा सामेल हुन कप्तान साबित्रा भण्डारी र डिफेन्डर पूजा राना नेपाल आइपुगेका छन् ।

उनीहरू आइतबार दिउँसो नेपाल आइपुगेका हुन् । साम्बा अस्ट्रेलिया तथा पूजा भुटानबाट नेपाल आइपुगेका हुन् ।

नेपालले ७ कात्तिकमा इरान र १० कात्तिकमा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल भारतको शिलोङमा हुनेछ ।

फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।

खेलका लागि नेपालको अन्तिम टोली घोषणा भइसकेको छ । टोलीमा २ जना नयाँ खेलाडी परेका छन् भने ३ खेलाडीले पुनरागमन गरेका छन् ।

नेपालको टोली : साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More