― Advertisement ―

चीनले भर्खरै अन्तरिक्षबाट ठूलो ट्याङ्कर ट्र्याक गर्‍यो, र अमेरिकी नौसेना स्टिल्थको प्रभाव अचानक धेरै गम्भीर छ

चीनले सफलतापूर्वक ट्र्याकिङ गरेको छ। समुद्री लक्ष्यहरू सार्दै कक्षाबाट निरन्तर निगरानीले तल्लो पृथ्वी उपग्रह नक्षत्रहरूमा निर्भरता कम गर्दछतीन उपग्रहहरूले उच्च-मूल्य नौसेना सम्पत्तिहरूको निरन्तर विश्वव्यापी...
HomeLatest newsकेही सुध्रियो क्यानडाको श्रम बजार, रोजगारी वृद्धि

केही सुध्रियो क्यानडाको श्रम बजार, रोजगारी वृद्धि


राष्ट्रिय

समाचार.

  • क्यानडामा नोभेम्बर महिनामा ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जसले कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि गरेको छ।
  • रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ।
  • स्वास्थ्य सेवा, आवास तथा खाना–पानी सेवा र प्राकृतिक स्रोत क्षेत्रमा रोजगारी वृद्धि देखिएको छ, तर थोक तथा खुद्रा व्यापारमा रोजगार घटेको छ।

२० मंसिर, काठमाडौं । क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ ।

मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ ।

स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा र प्राकृतिक स्रोत क्षेत्रहरूमा रोजगारी वृद्धि देखिएको छ । तर थोक तथा खुद्रा व्यापार सेक्टरमा भने रोजगार घटेको उल्लेख गरिएको छ ।

नोभेम्बरमा ७३.६ प्रतिशत कर्मचारीले आफ्नो रोजगारी सुरक्षित रहेको महसुस गरेका थिए, तर यो अनुपात नोभेम्बर सन् २०२३ को तुलनामा ४.१ प्रतिशत बिन्दुले कम रहेको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । सिन्ह्वा





Read More